Comments Add Comment

‘एमाले-माओवादी पार्टी एकता वैद्यले भाँडे’

फाइल तस्वीर
फाइल तस्वीर

१६ साउन, काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन् । पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन् । वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको  र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको गौतमले बताएको अाजको अन्नपूर्णमा समाचार छ ।

यसअघि एमाओवादी शान्ति प्रक्रियामा आएलगत्तै दुई पार्टीबीच एकता गर्ने प्रस्तावसमेत आफ्नो पार्टीबाट पारित गराएको उनले दाबी गरे । तर अहिले आएर माओवादी केन्द्र र नेपाली कांग्रेसको सहकार्यमा सरकार बन्ने स्थिति आएकोमा उनले चिन्ता प्रकट गरे ।

माओवादी र एमालेबीचको एकता मोहन वैद्यले भाँडेको उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment