Comments Add Comment

मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु

bus accident_makawanpu

१६ साउन, काठमाडौं । मकवानपुरको मनहरी ३ रमनटारमा दुई यात्रुबाहक बस जुध्दा ९ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३१ जनाको घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस र काठमाडौंबाट गाइघाट जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस मध्यराती १२ बजेर २० मिनेट जाँदा  जुधेका हुन् ।

दुर्घटनामा ६ जनाको घटनास्थल र तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

बस दुर्घटनामा ज्यान गुमाएका मध्ये उदयपुरको त्रियुगा नगरपालिका– १० का १० वर्षे बालक मणिरत्न चौधरी, २५ वर्षे विनोद चौधरी, सन्तोष चौधरी, काठमाडौका लक्ष्मीप्रसाद अधिकारी र २७ वर्षे सन्तोष चौधरीकोे  सनाखत भएको छ ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment