Comments Add Comment

सहमतीय सरकार गठनको समय आज सकिँदै

samsad

१६ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरूलाई दिएको समय आज सकिँदै छ ।

सात दिनभित्र दलहरूले संसदमार्फत सहमतीय सरकार गठन गर्न नसेकेपछि  राष्ट्रपतिले संसद्को सिफारिसमा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आहृवान गर्नुपर्नेछ ।

सहमतीय सरकार गठन हुन नसकेसँगै बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयन हुने भएको छ ।  राष्ट्रपतिबाट बहुमतीय सरकार गठनका लागि आह्वान गर्दै व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र गए त्यो पत्र साउन १७ गते दिनको ३ बजे बस्ने संसद् बैठकमा पढेर सुनाइनेछ ।  सोही बैठकले प्रधानमन्त्री निर्वाचनका लागि संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोक्ने र प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशन गर्नेछ । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री निर्वाचनको दिन र समय तोक्नेछिन् ।

संसदमा प्रधानमन्त्री निर्वाचनका लागि मनोनयन दर्ता, मनोनाय फिर्ता, अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया सुरु हुनेछन् । संसदमा सम्पूर्ण सदस्य संख्याको बहुमतले प्रधानमन्त्री बनाउनुपर्ने हुँदा स्पष्ट बहुमत प्राप्त गर्न २ सय ९८ मत ल्याउनुपर्ने हुन्छ ।
केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिदैं अविश्वासको प्रस्ताव राखेपछि प्रधानमन्त्री ओलीले राजिनामा दिएका थिए । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले सरकार सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारको नेतृत्वको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कांग्रेस माओवादीबीच सहमति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment