Comments Add Comment

सेयर बेचेको पैसा तीन दिनमा पाउनुभएन ? फोनबाटै उजुरी गर्नोस्

१६ साउन, काठमाडौं । तपाईले आफ्नो सेयर बेचेको तीन दिनभित्र त्यसको भुक्तानी पाउनुभएको छैन ? यदि छैन भने तपाईले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डको हटलाइन नम्बरमा फोन गरेर उजुरी दिन सक्नुहुने छ ।

Bull stock‘टी प्लस थ्री’ अर्थात् व्यापार भएको तेस्रो दिनसम्ममा भुक्तानी नपाएको भन्ने गुनासो आएपछि त्यसको सुनुवाई गर्न बोर्डले हटलाइन सेवा सुरु गरेको हो ।

अब कुनै पनि सेयर बिक्रीकर्ताले सेयर बेचेको तेस्रो दिनमा भुक्तानी नपाए बोर्डको हलाइन नम्बर ५०००१०२ मा फोन गरेर उजुरी दिन सक्नेछन् ।

‘हटलाइनमा परेको उजुरीमा बोर्डले तत्कालै रेस्पोन्स गर्नेछ,’ बोर्डका प्रवक्ता निरज गिरीले अनलाइनखबरसँग भने ।

धितोपत्र बोर्डले सेयर कारोबारलाई पूर्णरुपमा डिम्याट (विद्युतीय अर्थात अभौतिक) बनाइसकेको छ । पूर्णरुपमा डिम्याट भएपछि सेयर कारोबारको राफसाफ ३ दिनभित्रै हुनुपर्ने व्यवस्था छ । अभौतिक कारोबार हुँदा सेयर बेेचेको पैसा भुक्तानी लिन महिनौं लाग्थ्यो ।

तर, अझै पनि सेयर बिक्री गर्ने सबैले ३ दिनमा भुक्तानी नपाएको गिरीले बताए ।

‘सामान्यतया ब्रोकरले नै भुक्तानीमा ढिालाइ गर्ने गरेका छन्, कहिलेकाहीँ लगानीकर्ताले पनि ढिलाइ गरेको हुन्छ,’ उनले भने- ‘ढिलो गर्नेलाई पहिलो  चरणमा सचेत गराउँछौ । सचेत गर्दा नमान्नेलाई सस्पेन्स गर्छौं र जरिवाना तिराउँछौं ।’

पछिल्लो समय धितोपत्र बोर्डले लगानीकर्ताको हितको पक्षमा उल्लेख्य कामहरु गर्दै आएको छ । बोर्डले पूर्णडिम्याट कारोबार, सेयर कारोबार ब्रोकरलाई तिर्नुपर्ने शुल्कमा ४० प्रतिशत कटौती, लगानीकर्ताले बजारको गहिराई हेर्न पाउने व्यवस्थालगायतका नीतिगत सुधारका कामहरु  गरेको हो ।सोही क्रममा सर्वसाधारणका गुनासो सुन्न हटलाइन सेवा सञ्चालन गरिएको गिरी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment