Comments Add Comment

पुरुषहरुमा किन चलिरहेको छ श्रीमतीका बुर्का लगाउने फेसन ?

burkaकट्टर इस्लामिक मुलुक इरानमा हालैका दिनहरुमा कैयन् पुरुषहरुले बुर्का लगाएको आफ्नो तस्वीर सोसल मिडियामा शेयर गरिरहेका छन् ।

पुरुषहरुले आफुले टाउकोमा बुर्का लगाएका छन् भने सँगै रहेका उनीहरुका पत्नीहरु चाहीँ पश्चिमा मुलुकका स्वच्छन्द तथा स्वतन्त्र महिलाहरुजस्तो प्रतित हुन्छन् । अर्थात् ती श्रीमतीहरुले बुर्का लगाएका छैनन् ।

आखिर इरानी पुरुषहरुले किन श्रीमतीका बुर्का लगाइरहेका छन् त ? वास्तवमा उनीहरु आफ्नै पत्नीको समर्थमा यस्तो गरिरहेका छन् । देशमा सख्त रुपमा लागू भैरहेको इस्लामिक कानून अनुसार महिलाले पूर्ण रुपमा शिर ढाक्ने बुर्का लगाउनेपर्ने कुराको सांकेतिक विरोध जनाउँदै महिला स्वतन्त्रताको आवाज उठाउन महिलाका साहसी श्रीमानहरुले बुर्का र सोसल मिडियाको सहारा लिएका हुन् ।

इरानी पत्रकार तथा अभियानकर्मी मसीह अलिनेजादले सोसल मिडियामा पहिलोपटक यो अभियानको सुरुवात गरेका हुन् र उनले सोसल मिडियामा पुरुषहरुलाई आफ्नो शिर बुर्काले छोपेका तस्वीर शेयर गर्न आव्हान गरे । उनको यो अभियानमा साथ दिँदै धेरै पुरुषहरुले बुर्का नलगाएकी आफ्नी श्रीमतीसँगै आफ्नो बुर्का लगाएको तस्वीर अपलोड गरिरहेका छन् ।

#MenInHijab   नामक ह्यासट्यागबाट अहिलेसम्म हजारौँ तस्वीर पोष्ट भैसकेका छन् ।

अलिनेजादले इरानमा माइ स्टेल्थी फ्रिडम अर्थात् मेरो गोप्य स्वतन्त्रता नामक एक  चर्चित फेसबुक पेज चलाउँछन् । यो फेसबुक पेजमा अहिलेसम्म १० लाख भन्दा बढि मानिस जोडिइसकेका छन् । यो पेजले इरानमा महिलाहरुलाई शिर छोप्नका लागि बाध्य पार्ने कानून तथा अन्य कट्टर कानूनहरुको विरुद्धमा अभियान चलाउँदछ ।  विभिन्न सोसल मिडियामा उनको यो अभियानका समर्थकहरु प्रसस्तै बनेका छन् ।

२चभशबभष्लष्पकजबजबि  नामका एक इन्स्टाग्राम प्रयोगकर्ता आफ्नो बुर्का सहितको तस्वीर पोष्ट गर्दै लेख्छन् ः म चाहन्छु मेरी पत्नी एक यस्तो इरानमा बस्न पाउन् जहाँ उनले आफुले के लगाउने भन्ने कुरा आफै निर्णय गर्न पाउन् । इरानमा हुने भिषण गर्मीमा समेत महिलाहरुलाई यस्ता कपडा लगाउनैपर्दा निकै मुस्किल हुने गरेको छ ।

स्मरण रहोस् इस्लामिक कानून अनुसार महिलाले पूरै शिर तथा अनुहार छोप्ने बुर्का लगाउनुपर्दछ । यो कानून पालना गराउनका लागि इरानमा हजारौँ पुलिसहरु दैनिक रुपमा सडकमा खटिएका हुन्छन् । कानून उल्लंघ गर्ने महिलालाई जरिवानाका साथै जेल सजाय पनि हुन्छ ।

एयर फ्रान्सले हालै आफ्ना महिला उड्ययन कर्मचारीहरुलाई इरानको राजधानी तेहरानमा हुने उडानका क्रममा बुर्का लगाउन निर्देशन दिएको थियो । एयर फ्रान्सको यस्तो निर्देशनपछि इरानमा पुरुषले बुर्का लगाउने अभियानले तिव्रता पाएको हो । स्मरण रहोस् गत मे मा इरानी पुलिसले बुर्का नलगाएको तस्वीर इन्स्टाग्राम लगायतका सोसल मिडिायमा पोष्ट गर्ने ८ महिलाहरुलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment