Comments Add Comment

जुम्लामा पहिलो मिनरल्स वाटर उद्योग

minirals-water
१६ साउन, जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक रु एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ ।

पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्घाटन गरे । प्रजिअ पण्डितले गुणस्तर राम्रो बनाउँदै लगेमा रसुवामा निर्मित हिमालयन स्प्रिङ उद्योग झैँ अरबसम्म यस उद्योगले पनि यार्सा जडित पानी निर्यात् गर्ने सम्भावना रहेको बताए ।

अङ्गत महत, जयबहादुर महत, एकराज महत, पदमबहादुर महत, दलबहादुर महतारा र गणेशबहादुर रोकायाको साझेदारीमा उर्थुचौतारामा चार हजार वर्गमिटर क्षेत्रफलमा उद्योग निर्माण गरिएको उद्योग साझेदार जयबहादुर महतले जानकारी दिए । उनले १० वर्षका लागि जग्गा भाडामा लिएर शुद्ध पानी, माछापालन, जुस, जेली, जाम उत्पादन गर्ने र लुगाधुने मेसिनको पनि व्यवस्था गर्ने बहुउद्देश्यले यो उद्योग निर्माण गरिएको बताए ।

हिमाली क्षेत्रमा कडा मेहनतका साथ उद्योग निर्माण गरी रोजगार सिर्जना गर्ने र यसको पहिचान विश्व बजारमा पुर्याउन जमर्को गर्ने उदेश्यले स्थापना गरिएको सो उद्योगलाई यहाँका राजनीतिक दल, नागरिक समाज, बुद्धिजीविले सराहनीय कार्य भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment