Comments Add Comment

जब बिकिनी लगाएकी पुलिसले चोर समातिन्

Bikini-clad Swedish policewomanआखिर प्रहरी भएपछि ड्युटीमा होस् वा बाहिर चोर समात्ने धर्म निर्वाह गर्न फरक पार्दोरहेनछ । हालै स्विडेनको राजधानीमा एक महिला प्रहरीले बिकिनीमा रहेको अवस्थामा समेत चोरलाई पक्रेर प्रसंसा बटुलेकी छिन् ।

विदाको दिनमा स्टकहोमको एउटा पार्कमा साथै घुम्न गएकी उनी बिकिनीमा रमाइरहेकी थिइन् । तर जब एकजना चोरले उनको मोबाइल चोर्यो तब उनी तत्कालै चोर विरुद्धको एक्सनमा उत्रिइन् ।

वास्तवमा सुकुम्बासीले प्रकाशन गरेको पत्रिका बेच्न भन्दै एकजना पुरुष उनीहरु भएको ठाउँमा आएको थियो । त्यो मानिस केही बेर त्यहाँ बस्यो र खुसुक्क उनीहरुको मोबाइल चोरेर लग्यो ।

तर त्यो चोर १५ मिटर पर पुग्दा नपुग्दै उनीहरुले मोबाइल चोरी भएको थाहा पाए । मिकेला केल्नर नामकी ती महिला प्रहरी दौडिँदै गएर चोरको चेँपुमा समातिन् र ढलाइहालिन् । उनले आफु नांगै अवस्थामा रहेको भएपनि चोरलाई समातेको बताइन् ।

चोर भाग्न प्रयास गर्दैथियो तर केल्नर र उनकी अर्की एक महिला प्रहरी साथीले जोडसँग समाते र थिँचे । चोरको खल्तीमा उनको मोबाइल फोन भेटियो । चोरलाई गस्तीमा रहेको प्रहरीले पक्राउ गर्यो ।

केल्नरको इन्स्टाग्राम पेजमा उनको बिकिनी लगाएको अर्धनग्न शरीरले एकजना पुरुष चोरलाई भुइँमा घोप्टो पारेर थिँचिरहेको फोटो अपलोड भएसँगै त्यो भाइरल बन्यो । उक्त फोटोमा अहिलेसम्म हजारौँ लाइक प्राप्त भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment