Comments Add Comment

गाविसको हिसाव माग्दा महिला नेतृ कुटिइन्, मानवअधिकार आयोगमा उजुरी

२२ साउन, रौतहट । गाविसमा आएको रकमको हिसावकिताव माग्दा रौतहटको समनपुरमा महिला नेतृ कुटिएकी छन् । घटनाबारे छानविनको माग गर्दै पीडित परिवारले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।

Ram-shakiसाउन १८ गते भएको भेलामा स्थानीय महिलाहरुले समनपुर गाविसमा महिलाहरुको लागि आएको बजेटबारे खोजबिन गरेका थिए त्यसक्रममा गाविस सचिव र सहायक लेखापाल समेतको समूहले पूर्ववडाध्यक्ष रामसखी देवी साहलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका छन् ।

सरकारले गाविसमा पठाएको बजेटका बारेमा महिला समूहले सोधखोज गरेपछि विवाद शुरु भएको थियो । महिलाहरुले हालसम्म गाविसमा आएको बजेट, वृद्धा भत्ता तथा महिलाहरुको शिर्षकमा आएको रकम र खर्च पारदर्शी बनाउन माग गरेका थिए ।

हिसाब किताब माग्ने महिला रामसखी देवीलाई गाविस सहायक सचिव नागेन्द्र यादव र सहायक लेखापाल कामेश्वर सहनि सहितको समूहले कुटपिट गर्दा उनको नाक र टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते महिलालाई थप उपचारको लागि थापाथलिीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ ।

गाउँको सशक्तीकरण महिला समूहको अध्यक्ष समेत रहेकी रामसखीले महिलाका लागि आएको बजेट महिलालाई नै उपलब्ध गराउनु पर्ने माग गर्दा गाविसका कर्मचारीहरुले कुटपिट गरेको उनका छोरा अशोकले बताए । आफ्नो अधिकारका विषयमा आवाज उठाउँदा नेपाल सरकारको कर्मचारीले नै कुटपिट गरेकाले दोषीलाई तुरुन्त कारवाही गर्नु पर्ने परिवारजनको माग रहेको छ ।

घटनाका बारेमा छानबिन गर्न मानवअधिकार आयोगको केन्द्रीय कार्यालय काठमाडौंमा समेत उजुरी दर्ता गराएका छन् । आयोगका अनुसार क्षेत्रिय कार्यालय जनकपुरलाई छानबिन गर्ने जिम्मा दिइएको छ ।

घटना पश्चात प्रहरीले सहायक लेखापाल कामेश्वर सहनीसमेत चार जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि सार्वजनिक मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका नायब उपरिक्षक नविन कृष्ण भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment