Comments Add Comment

अमेरिकामा हराएकी नीशा काठमाण्डौमा देखिइन्

nisha sunwar (1)
कुनै समय लोक गायिका नीशा सुनुवारको खुबै चर्चा थियो । स्टेज कार्यक्रमदेखि स्टूडियोमा उनी खुबै व्यस्त हुन्थिन् । तर, २ बर्ष अगाडि उनी एकाएक अमेरिका उडिन् । नीशा अमेरिका उड्दा छोरी पेटमै थिइन् । तर, यो कुरा कमैले मात्र भेउ पाएका थिए । कारण, नीशाले बिहे गरेको कतै चर्चा थिएन ।

नीशाले अमेरिका पुगे लगतै नृत्य निर्देशक शंकर वीसीसँग बिहे गरेका तस्बिर पोष्ट गरिन् । नीशाले छोरीलाई अमेरिकामा नै जन्म दिइन्, उतै हुर्काइन् । केही दिन अगाडि नीशा नेपाल आइन् । नेपाल आएर उनले तीजको गीत रेकर्ड गरिन्, म्यूजिक भिडियो पनि बनाइन् । nisha sunwar (2) nisha sunwar (3)
गीतको भिडियो बजारमा आइसकेको छ । उनै नीशा काठमाण्डौमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा झुल्किइन् । उनले अमेरिका फेरि चाडै र्फकने बताइन् ।
nisha sunwar (4) nisha sunwar (5)
हुनत, नेपाली कलाकारहरु अहिले पनि अमेरिका भनेपछि हुरुक्कै हुन्छन् । नेपालमा जती नाम कमाएपनि अमेरिकामा नै भासिने सोच उनीहरुको हुन्छ । नीशा पनि अमेरिकामा नै जीवन अगाडि बढाउने सोचमा देखिइन् । अमेरिका पुगेर नयाँ जीवन सुरु गरेपछि नीशाको शैली भने बदलिएको छैन । अनलाइनखबरको क्यामेरामा उनले विभिन्न पोजमा तस्बिर खिचाइन् । nisha sunwar (6)

 तस्विरः कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment