Comments Add Comment

यस्ती भइन् पूजा चन्द, फिल्म नबनाउने तर खेल्ने

pooja chanda
नेपालमा रहँदा मिडियामा राम्रै हाइप पाउने गरेका धेरै कलाकार विदेश पुगेपछि सेलाउँछन् । मिडियाले पनि उनीहरुलाई भन्दा स्वदेशमै रहेका कलाकारलाई उच्च स्थान दिने गरेको छ । जसकाकारण, विदेशमै बस्ने कलाकारको खोजी चलचित्र क्षेत्रमा पनि हुँदैन, मिडियाले पनि विर्सन्छ ।

तर, कुनै समय पाएको नाम र चर्चा सेलाएपछि कलाकारमा पनि छटपटी हुन थाल्छ । यसैले, विदेशमै भिडियो, चलचित्र खेलेर उनीहरु मिडियामा छाउने बहाना खोज्छन् । नभए, समय-समयमा नेपाल आउँदा उनीहरु सार्वजनिक कार्यक्रममा पुग्छन् र लाइमलाइट खोज्छन् । pooja chanda (1)

नायिका पूजा चन्द पनि अहिले पारिवारिक भेटघाट भन्दै नेपाल आएकी छिन् । नेपाल आएकी पूजालाई एकपछि अर्को सार्वजनिक कार्यक्रम चलचित्रकर्मी र पत्रकारले देख्न थालेका छन् । पूजा सार्वजनिक कार्यक्रममा पुग्छिन् र कुराकानीका लागि आग्रह गर्ने मिडियाकर्मीसँग सहजै कुरा गर्छिन् ।

पूजा अहिले नै चलचित्र बनाउने मुडमा छैनन् । तर, अफर खाएको खण्डमा चलचित्रमा काम गर्ने उनको योजना छ । पुजाले खेलेका थुप्रै चलचित्र कुनै समय हिट थिए । पुजा नेपाली चलचित्रमा चलेकी नायिका पनि थिइन् । तर, उनी अमेरिका पुगिन् र उतै हराइन् । राजु लामासँग दोश्रो बिहे गर्दा उनको चर्चा नेपालमा पनि राम्रै भएको थियो । pooja chanda (3) pooja chanda (4)

तस्विरः कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment