Comments Add Comment

बाजा बजाएरै ‘वीर विक्रम’ प्रिमियर, मित्रता र प्रेमको कथा(फोटो फिचरसहित)

bir bikram premier
रातो कार्पेट ओछ्याएर चलचित्रको प्रिमियर गर्नु त कुनै नौलो कुरा होइन । तर, चलचित्रको प्रिमियरमा बिहेमा जस्तै बाजा नै बजाएपछि माहोल कस्तो होला ?

वुधबार बेलुकी काठमाण्डौको कुमारी हलको बाटो भएर हिड्ने पैदल यात्रीदेखि सवारी धनीहरु हलमा बाजा बजाएको देखेर झुक्किए ।
तर, यहाँ कुनै बिहेको कार्यक्रम थिएन । आजबाट देशभर रिलिज भएको चलचित्र ‘वीर विक्रम’ प्रिमियरमा निर्देशक मिलन चाम्सले बाजा नै बजाएर अतिथीलाई स्वागत गरेका थिए । जुन, नेपाली चलचित्रका लागि विरलै जस्तो हो । arpan and reema b band baja
रातो कार्पेटमा सुहाउँदा पहिरनमा चलचित्रकर्मी, पत्रकार, कलाकार उपस्थित थिए । नायक भूवन केसी, आर्यन सिग्देल, धिरेन शाक्य, सुशिल क्षेत्री, पल शाह हलमा पुगे । यस्तै, नायिकाहरु ऋचा शर्मा, वेनिशा हमाल, हषिर्का श्रेष्ठ, रीमा विश्वकर्मा लगायत पनि हलमा पुगेका थिए ।

चलचित्रका मुख्य कलाकार दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेन र नायिका दीया पुन प्रिमियरको आकर्षण बनेका थिए । निर्देशक मिलन चाम्स कुमारी हलमा अतिथी आउनु पूर्व नै पुगेर मिडिया कुराकानीमा व्यस्त देखिएका थिए । benisha and najir diya and daya reema richa and najir

नेपाली मौलिक शैलीमा कमेडी, एक्सन, मित्रता, प्रेम र त्यागको कथामा यो चलचित्र निर्माण भएको छ । यम थापाले लेखेको कथामा मिलनले रोचक तरिकाले कथा वुनेका छन् । सधै भावूक भूमिकामा काम गर्दै आएका अर्पणको कमेडी खलपात्रको भूमिका दर्शकका लागि सरप्राइज देखिएको छ । daya diya and milan

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment