Comments Add Comment

एज ब्राउजर प्रयोग गर्नेलाई पैसा दिँदै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले विन्डोज १० सँगै एउटा नयाँ ब्राउजर लञ्च गरेको थियो । निकै तामझामका साथ प्रचार गरिएको तथा इन्टरनेट एक्स्प्लोररको प्रतिस्थापक भनिएको एज नामक उक्त वेब ब्राउजरले खासै लोकप्रियता हासिल गर्न भने सकिरहेको छैन । तर अब माइक्रोसफ्टले एज ब्राउजरका प्रयोगकर्ताको संख्या बढाउन काइदाको उपाय अपनाउँदैछ । एज ब्राउजर प्रयोग गर्ने इन्टरनेट प्रयोगकर्तालाई पैसा दिने योजना माइक्रोसफ्टले ल्याउँदैछ ।

Microsoft-Edge-Browserअहिले लोकप्रिय रहेका गुगल क्रोम र मोजिल्ला भन्दा आफ्नो एज ब्राउजर हर प्रकारले उत्कृष्ट रहेको दाबी माइक्रोसफ्टको छ । तरपनि यसको प्रयोग कममात्र मानिसहरुले गरिरहेका छन् ।

माइक्रोसफ्टले एज ब्राउजरका प्रयोगकर्तामा बढोत्तरी ल्याउनका लागि माइक्रोसफ्ट रिवार्ड योजना ल्याउँदैछ । एजका जो प्रयोगकर्ताले माइक्रोसफ्ट रिवार्डमा साइन अप गर्नेछन् उनीहरुलाई ब्राउजर प्रयोग गरेबापत अंक प्रदान गरिनेछ ।

माइक्रोसफ्ट रिवार्डलाई पहिलो बिंग रिवार्डस्को नामले चिनिन्थ्यो । अहिले यसको नाम बदलिएको हो । पहिले माइक्रोसफ्टले बिंड रिवार्डस्को माध्यमबाट आफ्नो सर्च इन्जिन बिंग प्रयोग गर्नेहरुलाई पुरस्कृत गर्दथ्यो । र सोही रणनीति एज ब्राउजरको हकमा पनि अपनाएको छ । अब एज ब्राउजरको प्रयोग गरी माइक्रोसफ्ट स्टोर तथा बिंगका माध्यमबाट शपिंग गर्दा माइक्रोसफ्टले रकम प्रदान गर्नेछ ।

एज ब्राउजर प्रयोगकर्ताले महिनामा कम्तीमा ३० घण्टासम्म ब्राउजरको प्रयोग गरे नगरेको कुरा माइक्रोसफ्टले अनुगमन गर्नेछ । प्रयोगकर्ताले ब्राउजर खोलेर त्यत्तिकै छाडी झेल गरिरहेको हो की साँच्चीकै एज ब्राउजरबाट इन्टरनेट चलाएको हो भन्ने कुराको पनि हेक्का राखिनेछ । त्यस्तै पुरस्कार पाउनका लागि प्रयोगकर्ताको डिफल्ट सर्च इन्जिन बिंग हुनुपनि अनिवार्य हुनेछ ।

एज ब्राउजर प्रयोग गरेबापत माइक्रोसफ्टले प्रदान गर्ने अंकलाई भौचर वा क्रेडिट कार्डको रुपमा प्रयोग गर्न सकिनेछ । स्टारबक्स, स्काइप, अमेजन तथा एड प|mी आउटलुक डट कममा रकमको साटो ब्राउजर प्रयोग बापत प्राप्त प्वाइन्टको प्रयोग गर्न सकिनेछ ।

माइक्रोसफ्ट रिवार्ड अहिलेेसम्म केवल अमेरिकामा मात्र उपलब्ध रहेकाले केवल अमेरिकी प्रयोगकर्ताले मात्र यस्तो पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment