Comments Add Comment

टर्कीमा विवाह समारोहमा विस्फोट, ३० को मृत्यु

Turkey-Blast

५ भदौ, काठमाडौं । टर्कीको गजिनटेप शहरमा एक विवाह समारोहमा भएको विस्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । ९४ जना भन्दा बढी घाइते भएका छन् ।

टर्की सरकारले यसलाई चरमपन्थी आक्रमण भनेको छ र आत्मघाती आक्रमणकारीले गराएको बताएको छ । यद्यपि विस्फोट कसले गराएको भन्ने खुलेको छैन ।

उपप्रधानमन्त्री मेहमत सिमसेकले यो आक्रमण बर्बरतापूर्ण भएको बताएको बीबीसीले जनाएको छ ।

गजिनटेप सिरियाली सीमाबाट ६४ किलोमिटरको दुरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment