Comments Add Comment

चेल्सीको दोस्रो जित, लिभरपुलको हार

Diago-Costa

५ भदौ, काठमाडौं । अन्त्यतिर डिएगो कोष्टाले गरेको गोलको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डमाथि जित हात पारेको छ ।

लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा चेल्सीले वाटफोर्डमाथि २-१ को जित हात पारेको हो । उसको जितमा कोष्टाले ८७ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

खेलमा अग्रता भने वाटफोर्डले लिएको थियो । ५५ औं मिनेटमा केपुले गोल गरेका थिए । तर, खेलको ८० औं मिनेटमा चेल्सीका बाट्सुयीले बराबरी गोल गरे ।

लिभरपुल हार्‍यो

पहिलो खेलमा आर्सनलमाथि रोमान्चक जित हात पारेको लिभरपुल भने बार्नलीसँग २-० ले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलकमा बार्नलीले दुबै गोल पहिलो हाफमा गरेका थिए । उसका लागि भोक्स र ग्रले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment