Comments Add Comment

हिगुइनको गोलमा युभेन्टसको सुखद सुरुवात

Gonzalo Higuain

५ भदौ, काठमाडौं । गोन्जालो हिगुइनको गोलको मद्दतमा युभेन्टसले इटालियन सिरिएमा सुखद सुरुवात गरेको छ ।

शनिबार भएको आफ्नो पहिलो खेलमा युभेन्टसले फिओरिन्टिनालाई २-१ गोल अन्तरले पराजित थरेको छ ।

साविकको विजेता युभेन्टसलाई जित दिलाउने क्रममा हिगुइनले ७५ औं मिनेटमा गोल गरे । उनी यसै सिजन नापोलीबाट युभेन्टस गएका थिए ।

यसअघि ३७ औं मिनेटमा सामी खेदेराले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा फिओरिन्टिनाका कलिनिकले बराबरी गोल फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment