Comments Add Comment

साली नदी मन्दिरमा रेखाको जन्मदिन(फोटो फिचरसहित)

rekha thapa birthday (2)
नायिका रेखा थापाले आफ्नो जन्मदिन साली नदी मन्दिरमा मनाएकी छिन् । विशेषगरि, स्वस्थानीको समयमा यो मन्दिरमा भक्तजनको भीड धेरै लाग्छ । यसैले यसलाई स्वस्थानी मन्दिर भनेर पनि चिनिन्छ ।

रेखाले मन्दिरमा बिहानैदेखि पूजा पनि गरेकी थिइन् । यसपछि, उनले केक काटिन् । केक काटेर उनले पहिले आफ्नी आमालाई खुवाएकी थिइन् ।
rekha thapa birthday (3) rekha thapa birthday (4)
रेखाले साली नदी मन्दिरमा रंगरोगन गरिदिएकी थिइन् । ४ लाख खर्चमा मन्दिरमा रंगरोगन गरिएको रेखाले बताइन् । यो मन्दिरमा आउँदा आफूलाई आनन्द आउने भन्दै रेखाले अब यो स्थान आफ्ना लागि घर भैसकेको बताइन् । उनले स्वस्थानीको समयमा मात्र नभएर अन्य समयमा पनि यहाँ आउन भक्तजनलाई आग्रह गरिन् ।
rekha thapa birthday (6) rekha thapa birthday (7)
रेखाले स्थानियलाई भोजन समेत गराइन् । यस्तै, ३ जना दृष्टिबिहिनलाई रेखाले नगद २५ हजार पनि सहयोग गरेकी थिइन् । यो मन्दिर आफ्ना लागि घर जस्तै भएकाले घरमा आएर केक काटेको उनको भनाई थियो । rekha thapa birthday (10)

तस्विरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment