Comments Add Comment

मंगोलियाका कुस्ती प्रशिक्षकले म्याटमै किन लुगा फुकाले ?

Wrestling coaches strip down to underwear६ भदौ, काठमाडौं । ओलम्पिकमा पदक जित्ने खेलाडी खुसी हुनु र हार्न दुःखी हुनु स्वभाविक हो । तर, प्रशिक्षण असन्तुष्ट भए ?

रियो ओलम्पिकमा यस्तै भएको छ । कास्य पदकका लागि भएको खेलको निर्णयलाई लिएर मंगोलियाका दुई कुस्ती प्रशिक्षकले नाङ्गो भएर प्रदर्शन गरेका छन् ।

उज्बेकिस्तानका ६५ किलो तौल समूहमा मंगोलियाका इख्तियोर नजरुजोव मंगोलियाका मान्डाखरन गोन्जमरिङसँग ७-६ ले पराजित भएको मानिएको थियो । र, झण्डै १० सेकेन्ड खेल बाँकी छँदा नै  गोन्जामरिङले खुसी मनाउन थालिसकेका थिए । तर, उज्बेकिस्तानले चुनौती दियो र मंगोलियाका खेलाडी खेल्नुका सट्टा भागिरहेका छन् ।

तीन निर्णायक छलफलमा जुटे र उज्बेकिस्तानका खेलाडीको दाबीलाई स्वीकार गरे । यो निर्णयबाट खुसी मनाउन थालिसकेका मंगोलियाको खेलाडी निराश भए र घुँडा टेकेर बसे ।

तर, उनका प्रशिक्षक निकै आक्रोसित भए । उनका दुई प्रशिक्षकले आफ्ना सबै कपडा र जुत्ता समेत फुकाले र म्याटमा फाले । अवस्था यस्तो आयो कि रेफ्रीले उनीहरुलाई रातो कार्ड दिए ।

यो ओलम्पिकको विवादास्पद निर्णय मानिएको छ । र, मंगोलिया पदकविहीन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment