Comments Add Comment

कतै तपाइँको वाइफाइ अरुले चलाएको त छैन ? यसरी पत्ता लगाउनुस्

wifiके तपाइँको घरको ब्रोडब्याण्डको डाटा तपाइँले खासै इन्टरनेट नचलाउँदा पनि लिमिटेड समय भन्दा छिटै सकिइरहेको त छैन ?

के पहिले निकै तिव्र गतिको रहेको तपाइँको इन्टरनेटमा यु ट्युबको भिडियो बफर हुन लामो समय लाग्न थालेको छ ?

यदि यस्तो हुन थालेको छ भने सतर्क हुनुहोस्, कतै छिमेकी कसैले तपाइँको वाइफाइको पासवर्ड पत्ता लगाएर इन्टरनेट चलाइरहेको त छैन ?

यसरी तपाइँको वाइफाइ चोरेर अरु कसैले चलाउनु तपाइँको डाटा खपतको हिसाबले घाटामूलक त भयो नै त्यसरी चोर्नेले इन्टरनेटबाट कुनै अपराध गर्यो भने तपाइँ त्यसको फन्दामा पर्ने जोखिम पनि हुन्छ ।
त्यसैले कसैले आफ्नो वाइफाइको पासवर्ड पत्ता लगाएर इन्टरनेट चलाइरहेको छ की ? भनेर चनाखो हुनैपर्छ ।

यसका लागि ब्राउजरको एड्रेस बारमा 192.168.1.1 टाइप गर्नुहोस् र त्यसपछि आफ्नो एडमिन पेजमा जानुहोस् । त्यहाँ तपाइँले डिएचसीपी क्लाइन्ट लिष्ट देख्न सक्नुहुन्छ ।

अर्थात् तपाइँको वाइफाइबाट कुन कुन डिभाइसमा इन्टरनेट चलिरहेको छ भन्ने देख्न सकिन्छ । हरेक डिभाइसको फरक नाम हुने भएकाले तपाइँले आफ्नो डिभाइस चिन्न सक्नुहुन्छ ।

यदि तपाइँको वाइफाइबाट अन्य डिभाइसमा इन्टरनेट चलेको थाहा पाउनुभयो भने राउटरको डिफल्ट लगइन तथा पासवर्ड बदल्नुहोस् । पासवर्ड बदल्नु सबैभन्दा पहिलो काम हो ।

यतिमात्र होइन राउटरको नाम पनि बदल्नुहोस् ता की वाइफाइ चोरलाई तपाइँको घरको राउटर कुन हो ? भनेर पत्ता लगाउन गाह्रो होस् । वायरलेस सेटिंग मेनूमा सर्भिस सेट आइडेन्टिफायर अर्थात् एसएसआइडी नामक अप्सन हुन्छ र त्यहीँबाट तपाइँले राउटरको नाम बदल्न सक्नुहुन्छ ।

राउटरको सेक्योरिटी सेटिंगमा WPA2 छान्नुहोस् किनकी यसको एन्क्रिप्सन सबैभन्दा राम्रो हुन्छ । सन् २००६ पछि बनेका सबै राउटरमा यो फिचर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment