Comments Add Comment

चितवनमा खलपात्रको एकल कविता

khal patra 1कुनै समय गलत सरसंगतका कारण लागूऔषधको दुव्र्यसनी बनेका थिए मुकुन्द खलपात्र । समय क्रममा कविता र नाट्य कर्ममा लागेर अहिले उनी सिर्जनशील जीवन अघि बढाइरहेका छन् ।

यसै क्रममा उनी शनिबार नारायणघाटको नारायणी कला मन्दिरमा  एकल कविता वाचनमा सुनिए ।
कवि खलपात्रले आफ्ना जीवनका घटनालाई विषयवस्तु बनाएर लेखेका आमा, नमस्ते सर, अर्धनग्न सगरमाथा, पोस्टमार्टम पृथ्वी, पशुपति कोलाज लगायत करिब दुई दर्जन कविता सुनाए । फरक स्वादका कविता सुनेर श्रोताहरू चमत्कृत भएका थिए ।

चितवनमा नाटकघर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा खलपात्रको एकल कविता वाचन आयोजना गरिएको कार्यक्रम संयोजक अञ्जान ढुंगानाले जानकारी दिए ।

यसका लागि कर्मीका साथै अराजक अक्षर समूह भरतपुर, चितवनले पछिल्लो समय एकल कविता वाचन, नाटक मञ्चन लगायतका विविध सिर्जनात्मक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

खलपात्रले वाचन गरेका कवितामाथि टिप्पणी गर्दै कवि तथा गीतकार प्रेमविनोद नन्दनले उनका कविताहरुले भूपी शेरचनलाई स्मरण गराएको बताए । यस्तै कवि सरिता तिवारीले मुकुन्द खलपात्र प्रयोगधर्मी कवि भएको उल्लेख गरिन् ।

दुई महिनाअघि काठमाडौंमा पनि उनको एकल कविता वाचन आयोजना गरिएको थियो । नाटकघर निर्माणका लागि आर्थिक सहयोग जुटाउन यस प्रकारका कार्यक्रमलाई देशव्यापी रुपमा सञ्चालन गर्ने उद्देश्य रहेको संयोजक ढुंगानाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment