Comments Add Comment

मलेसियामा ज्यान गुमाएका चौधरीको परिवारलाई नगद सहयोग

chaudhary-donyasan

क्वालालम्पुर । बैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत रहँदा मृत्यु भएका एक नेपालीको परिवारलाई त्यहाँ रहेका नेपालीहरुले नगद सहयोग गरेका छन् ।

गत जुलाई ५ मा कामको सिलसिलामा मृत्यु भएका इटहरी सुनसरीका ३२ बर्षीय नगेन्द्र चौधरीको परिवारलाई १ लाख २८ हजार रुपैया सहयोग पठाइएको हो ।

चौधरी जोहोरवारुको पासिरगुडाङ आयरविरुमा रहेको तेलको उत्पादन हुने प्रोमेक इण्डटि्रजमा कार्यरत रहेका थिए । संकलन भएको रकम मृतकका आफन्त आशिलाल चौधरीका नाममा पठाइएको सोहि कम्पनीमा कार्यरत प्रकाश वस्नेतले अनलाईन खवरलाई जानकारी गराए । कम्पनीमा ८० जना नेपालीहरु कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment