Comments Add Comment

दीपेन्द्रको ‘लभ लभ लभ’मा स्वस्तिमासँगै सुरज

love love love (5)
सफल निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्ने नयाँ चलचित्र ‘लभ लभ लभ’को औपचारिक घोषणा भएको छ । पत्रकारका साथमा केही चलचित्रकर्मीको उपस्थितीमा दीपेन्द्रले आफ्नो शैलीको प्रेम कथाको घोषणा गरे । कार्यक्रममा चलचित्रका कलाकार र फस्ट लुक सार्वजनिक गरियो ।

‘पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २’ जस्ता चलचित्रमा थोरै कलाकार र सानो घेरामा दीपेन्द्रले चलचित्र सकेका थिए । तर, यसपटक उनले चलचित्रका कलाकार केही बढ्ने बताए । उनका अनुसार ३ प्रकारको प्रेम चलचित्रमा देखिनेछ । love love love (2)
चलचित्रमा ४ गीत हुने दीपेन्द्रको भनाई छ । चलचित्रमा नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिनेछिन् । चलचित्र ‘होस्टेल रिटन्र्स’बाट डेब्यू गरेपनि त्यसपछि सुस्ताएकी स्वस्तिमा निर्देशक निश्चल बस्नेतसँग बिहे पश्चात चलचित्र क्षेत्रमा सक्रिय हुँदिनन् भन्ने टिप्पणी गरिएको थियो ।

चलचित्रमा स्वस्तिमासँगै कलाकार सुरज पाण्डे मुख्य भूमिकामा छन् । चलचित्रको छायांकन भदौ ९ गतेबाट सुरु हुनेछ । पोखरामा सम्पूर्ण चलचित्र खिचिनेछ ।
love love love (3)
अमृत पाण्डे र शर्मिला पाण्डेको यो चलचित्रमा लगानी रहनेछ । कथावस्तु र प्रस्तुतीलाई दमदार रुपमा प्रस्तुत गर्दै दर्शकको मन छुन निर्देशक खनाल सिपालु मानिन्छन् । नयाँ बर्षमा यो चलचित्र रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment