Comments Add Comment

‘वृन्दावन’मा बाँदरसँग काम गर्दा गाह्रो भयोः शिल्पा पोख्रेल

shilpa pokheral
भदौ १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘वृन्दावन’ अहिले चर्चामा छ । विशेषगरि, नायिका शिल्पा पोखरेलको एक्सनका कारण चलचित्रले उचाई पाएको हो ।

नायिका पोख्रेल चलचित्रको प्रचारमा खासै नहिडेकी हुन् कि भन्ने चर्चा पनि चलचित्र वृत्तमा चलिरहेको छ । तर, नायिका पोख्रेलले यो चलचित्र आफ्ना लागि विशेष भएको भन्दै निर्माणपक्षले भनेको स्थानमा पुगिरहेको बताइन् ।

चलचित्र ‘वृन्दावन’ धार्मिक नाम जस्तो लागेपनि यो एउटा जंगलको नाम भएको नायिकाको भनाई छ । यही जंगलको सेरोफेरोमा यो चलचित्र घुमेको उनले बताइन् । लभ स्टोरी र रिभेन्जको कथामो चलचित्र बनेको उनले खुलाइन् । ४५ प्रतिशत एक्सन र बाँकी प्रेमका साथमा विभिन्न कुराले बुनिएको उनले खुलासा गरिन् ।

नेपालगञ्जको गर्मीका कारण एक्सनका दृश्य दिन खुबै गाह्रो भएको भन्दै शिल्पाले छेउमै आगो बालेर फाइट हानेजस्तो अनुभव भएको सुनाइन् । तर, अहिले आफूले चलचित्र हेर्दा सन्तुष्टी मिलेको उनको भनाई छ । चलचित्रमा शिल्पासँगै बाँदरको पनि मुख्य भूमिका छ । बाँदरसँग काम गर्न गाह्रो भएको अनुभव शिल्पाको छ । उनले भनिन्-‘भाषा नवुझ्ने, दौडिहाल्ने भएकाले पनि काम गर्न केही गाह्रो भएको थियो । तर, अहिले हेर्दा रमाइलो लाग्छ ।’

आफूले चलचित्रको कथावस्तु मन परेकाले नै यसमा काम गरेको उनले सुनाइन् । चलचित्रको प्रचारमा पनि आफू दौडिएको भन्दै ‘वृन्दावन’ हेरेर दर्शक निराश नहुने शिल्पाको दाबी छ । चलचित्र ‘हवल्दार सुन्तली’मा शिल्पाको एक्सन पाटोलाई दर्शकले मन पराएका थिए । यो चलचित्रबाट पनि दर्शक सन्तुष्ट हुने उनले सुनाइन् । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई रुद्र खनालले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment