Comments Add Comment

कलाकार शैलीः बोल्दा आँखा तर्ने सलमान, कफी पिउने साहरुख

srk and salman
बलिउड कलाकारको शैली आ-आफ्नै खालको छ । क्यामेराको अगाडि पर्दा कोही हाँसेरै टार्छन् त कोही रिसाउन पनि बेर मान्दैनन् । अफेयर र सम्बन्ध बिग्रेका जस्ता प्रश्न लगभग सबै कलाकारले भोगेका छन् । त्यस्ता प्रश्नको जवाफ दिन उनीहरु उचित मान्दैनन् र हाँसेरै टारिदिन्छन् । कोही कलाकार यस्ता पनि छन् जो मदिरा पिएरै क्यामेरा अगाडि उभिन्छन् । हेरौ कसको स्वभाव कस्तो रहेछः

नायक सलमान खानको स्वभाव अचम्मको छ । कहिले मिडियाकर्मीसँग हाँसेर कुरा गर्छन् त कहिले आँखा पनि तर्छन् । कतिपय अवस्थामा रमाईलो पनि गर्छन् । यतिसम्म कि बिवाह वा अदालतको वारेमा कसैले प्रश्न सोध्यो भने उठेर हिड्न बेर मान्दैनन् ।

प्राय उनी मञ्चमा उपस्थित हुँदा ग्रीन टि वा डाइड कोकको साथमा हुन्छन् । केहि वर्ष पहिला उनले बियर पिउँदै अन्तरवार्ता समेत दिएका थिए । त्यस्तो अन्तरवार्तामा उनले क्यामेरा प्रयोग गर्न दिदैनन् ।

आमिर खान, साहरुख खान र प्रियंका चोपडाको वानी लगभग उस्तै छ । उनीहरु मिडियासँग लामो कुरा गर्छन् । मिडियाले मिसकोड गर्‍यो भन्न पनि पछि पर्दैनन् ।
आफुले बोलेको कुरा गड्बडी भएको थाह पाइन् भने प्रियंका हाँसेर सम्हालिहाल्छिन् । साहरुख र प्रियंकाको साथमा कफिको मग हुन्छ भने आमिर चिया पिउछन् ।

अक्षय कुमार असाध्यै सिमित बोल्छन् । उनी प्राय बिहानको कार्यक्रममा मात्रै सहभागी हुन्छन् । बोल्दाखेरी विवाद नहोस् भन्नेमा सचेत छन् अक्षय । कतिपय प्रश्नको जवाफ नदिएरै टार्छन् । अन्तरवार्ताको समयमा प्राय उनी जुश पिउछन् ।

दीपिका पादुकोण, रणबीर कपुर र आलिया भट्ट सामाजिक सञ्जालमा सक्रिय भएपनि सार्वजनिक कार्यक्रममा मिडियासँग धेरै बोल्दैनन् । ब्रेकअप वा अफेयरको वारेमा सोधिएको प्रश्नमा हाँसेरै टार्ने स्वभाव छ उनीहरुको ।

मिडियाले बढी नै प्रेशर दिन थाल्यो भने सहयोगी मार्फत कार्यक्रम टुंङ्ग्याउने तिर लाग्छन्, यी कलाकार । अमिताभ बच्चन सबै भन्दा सचेत कलाकारको रुपमा चिनिन्छन् । उनले बोलेको कुरा प्राय विवादको विषय बन्दैन । राजनीतिक होस् या चलचित्र, हरेक प्रसंगमा सटिक टिप्पणी गर्छन् उनी । ओम पुरी मदिरा पिएरै स्टेजमा पुगेका छन् कतिपटक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment