Comments Add Comment

आफ्नी छोरीको अनुहार किन लुकाउछन् अक्षय कुमार ?

akshya kumar save her daughter
बलिउड नायक अक्षय कुमार बक्स अफिसमा सफल छन् । उनले अभिनय गरेका ३ चलचित्रले यो बर्षमात्र सय करोड माथिको व्यापार गरिसकेका छन् । अक्षय एक मात्र यस्ता स्टार हुन् जसको चलचित्रले यो शैलीको व्यापार गरेको छ ।

तर, जब अक्षय स्टारडमबाट पर हट्दै आफ्नो घर पुग्छन् उनी सामान्य मानिसको शैलीमा देखिन्छन् । बिहान ५ बजे उठ्ने र बिहानै आफ्नो मिटिङ पनि सक्ने यी नायक मदिरा, पार्टीबाट टाढा छन् । उनै अक्षयको अर्को एक गजबको शैली पनि छ । उनले आफ्नी छोरीको अनुहार मिडियाको अगाडि जहिले पनि छोपेका हुन्छन् । मिडियाको क्यामेरा अगाडि छोरीको अनुहार उनले धेरै पटक हातले छोप्ने गरेका छन् ।

उनकी छोरीको कुनै पनि तस्बिरमा स्पष्ट अनुहार देखिएको छैन । आइतबार मुम्बइ एयरपोर्टमा मिडियाको अगाडि उनले छोरी निताराको अनुहार आफ्नो हातले छोपेका थिए । जसकाकारण, क्यामेरामा निताराको स्पष्ट अनुहार क्लिक हुन पाएन ।

यसको त्यस्तो खास कारण त छैन । तर, सेलिब्रेटीको सन्ततीलाई फ्यानदेखि मिडियाले पनि पिछा गर्ने भएकाले अक्षय यसमा सजग छन् । जसले गर्दा उनले छोरीको अनुहार स्पष्ट रुपमा अहिले नै मिडियामा नआओस् भन्ने चाहेका हुन् । साहरुखका छोरा आर्यन, अमिताभ बच्चनकी नातिनी, साहरुखकी छोरी सुहाना, सैफअली खानकी छोरी लगायतका तस्बिर मिडियामा विभिन्न स्क्यान्डल शैलीमा सार्वजनिक भएका थिए ।

यसैले, मिडिया र फ्यानबाट टाढा राख्नका लागि अक्षयले छोरीको अनुहार देखिने तस्बिर न त क्लिक गरेका छन् न त क्लिक गर्न दिएकै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment