Comments Add Comment

नेपाल टेलिकमले पुर्‍यायो ७५ जिल्लामै माइक्रोवेभ रेडियो लिंक

Nepal-Telecom
६ भदौ, काठमाडौं । नेपाल टेलिकमले ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याएको छ । त्यसअघि कणर्ाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधिमार्फत सेवा उपलब्ध गराउँदा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति थियो ।

माइक्रोवेभ लिंक पुगेपछि १७० एमपीबीएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा एडीएसएल, इभिडियो, इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुनेछ ।

भविष्यमा थ्रीजी र वाइम्याक्स सेवा पनि सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । यसबाट विशेषगरी कणर्ालीबासी उपभोक्ताहरुले अधिकतम् लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा यो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो । यसअघि गत असार २१ गते डोल्पा जिल्लामा र त्यसअघि मुगुमा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment