Comments Add Comment

सरकारी अधिकारी भन्छन्ः अब महिलालाई १४ सेकेण्डसम्म घुर्नेलाई मुद्दा

rishirajविचरा अभागी पुरुषहरु अब कुनै महिलालाई १४ सेकेण्डसम्म पनि घुरेर हेर्न नपाउने भएका छन् । आधा मिनेटको आधा समयसम्म महिलालाई घुरेमा पनि उनीहरुमाथि मुद्दा चल्न सक्नेछ र जेलको हावा खानुपर्ने हुनसक्छ ।

चिन्ता नलिनुस् यो नियम हाम्रो देशमा भने होइन । भारतको केरलाका एक वरिष्ठ अधिकारीले यस्तो बताएका हुन् । अन्तशुल्क आयुक्त ऋषिराज सिंहका अनुसार यदि केरलामा कुनैपनि पुरुषले महिलालाई १४ सेकेण्ड भन्दा धेरै समयसम्म घुरेको पाइएमा उस विरुद्ध मुद्दा दर्ता हुन सक्नेेछ ।

कोच्चीमा चार्टड अकाउन्टेन्टहरुको एक समूहलाई महिला सुरक्षाको विषयमा प्रवचन दिएको बेला सिंहले यस्तो बताएका छन् । साथै उनले महिलाहरुले आत्म सुरक्षाका लागि मार्सल आर्ट सिक्नुपर्ने पनि बताए ।

वरिष्ठ अधिकारीको यस्तो भनाइको तिव्र आलोचना भएको छ । उच्च अदालतका एक वकिलले यसरी १४ सेकेण्ड महिलालाई घुर्दैमा कसैमाथि मुद्दा हाल्ने कानून नै नभएको हुँदा अधिकारीको भनाइ बेतुकको रहेको बताएका छन् । केरल सरकारका एक मन्त्रीले पनि सिंहको भनाइको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment