Comments Add Comment

भाजपा नेताका छोरा अपहरित, अपहरणकारीले सार्वजनिक गरे भिडियो

bjp-leaders-son-kidnapped
७ भदौ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का एक नेताको छोरालाई उल्फा विद्रोहीहरुले अपहरण गरेका छन् । भाजपा नेता एवम् आसामको तिनसुकिया जिल्ला परिषदका उपाध्यक्ष लखेश्वर मोरनका छोरा अपहरणमा परेका हुन् ।

लखेश्वरका छोरा कुलदिप हतियारधारी अपहरणकारीको घेरामा रहेको भिडियो स्थानीय टेलिभिजन च्यानलले प्रसारण गरेका छन् । भिडियोमा कुलदिपले मुख्यमन्त्री सर्वानन्द सोनेवालसँग आफूलाई छिटो अपहरणमुक्त गर्न अपिल गरेका छन् । उनले मुख्यमन्त्री सोनेवाल, आफ्नो हजुरबुवा र आमा-बुवालाई पनि उद्धारको लागि पहल गर्न भनेका छन् ।

जंगल क्षेत्रभित्र कुलदिप नकाव लगाएका र हतियार बोकेका पाँच जना व्यक्तिबाट घेरिएका छन् । घुँडा टेकेर बसेका उनले आफ्नो स्वास्थ्य बिग्रिएको र जीवन खतरामा रहेको बताइरहेका छन् ।

कुलदिपले आफूलाई एक स्थानबाट अर्को स्थानमा लैजान लागिएको पनि बताएका छन् तर कतातिर लैजान लागेको भन्नेबारे उनले बताएका छैनन् ।

यसैबीच आसामका मुख्यमन्त्री सोनेवालले अपहरणकारीलाई मानवीयता देखाउन र कुलदिपलाई सकुशल रिहा गर्न अपिल गरेका छन् । यस्ताखालका हिंसाबाट केही प्राप्त नहुने भन्दै उनले आसाम सरकार शान्ति प्रक्रियामा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment