Comments Add Comment

यति चर्चित ब्यानरलाई पनि नायिकाको खडेरी ? ‘समर लभ’की ‘साया’ भेटिइनन्

summer love
चर्चित ब्यानर र चर्चित निर्माता-निर्देशक आवद्ध भएको टिमले नायक-नायिकाको खोजी गर्दा अवसरको खोजीमा रहेकाहरु सजिलै भेटिनु पर्ने हो । तर, अहिले नेपालका चर्चित ब्यानरहरु नै नायिकाको खोजी गर्दै धेरै समय बिताइरहेका छन् । एउटा चलचित्र खेल्ने वित्तिकै नायिकाहरु पुरानी हुने हुँदा पनि अभाव देखिन थालेको हो ।

निर्माता विकास आचार्यले चर्चित पुस्तक ‘समर लभ’माथि आधारित रहेर चलचित्र बनाउने तयारी गरेका थिए । मुस्कान ढकालले यो चलचित्रलाई निर्देशन गर्ने तयारी गरेका थिए । तर, चलचित्रको लागि मुख्य नायिकाको खोजी लामो समयसम्म गरियो, तर निर्माणपक्षले नायिका नै भेट्न सकेन ।

यसपछि, विकासले अब यो बर्ष ‘समर लभ’ नै नबन्ने जानकारी दिएका छन् । उनले अनलाइनखबरसँग भने-‘हामीले यो बर्ष चलचित्र नबनाउने भएका छौ । नायिका नभेटिएकाले चलचित्र नबन्ने भएको हो ।’ उनका अनुसार उनकै निर्देशनमा चलचित्र ‘निराञ्जना’ भने अब चाडै नै छायांकनमा जानेछ ।

चलचित्रका लागि कलाकार यो साता भित्र फाइनल हुने उनको भनाई छ । विकास आचार्यको ब्यानर नेपाली चलचित्रमा सर्वाधिक सफल मानिन्छ । त्यसमाथि पनि ‘समर लभ’ जस्तो सफल पुस्तकमाथि बन्ने चलचित्रका लागि नायिका नभेटिनु आफैमा आश्चर्यको कुरा होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment