Comments Add Comment

प्रभु बैंकले प्रमाणपत्रका आधारमा ३ लाखसम्म शैक्षिक कर्जा दिने

prabhu-karja
७ भदौ, काठमाडौं । प्रभु बैंकले काठमाडौं इन्जिनियरिङ कलेज (केइसी) मा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३ लाख रुपैयाँसम्म शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका प्रवन्ध निर्देशक राजेन्द्र शाक्यले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

तीन लाख रुपैयाँ सम्मकर्जा उपभोग गर्न पाउने यस कर्जा स्कीम अन्तर्गत कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आफ्ना एसएलसी देखिका सबै सक्कल शैक्षिक प्रमाणपत्रहरु बैंकमा बुझाउनु पर्नेछ ।

शैक्षिक प्रमाणपत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्षभित्र चुक्ता भुक्तान गरी सम्बन्धित विद्यार्थीले सक्कल शैक्षिक प्रमाणपत्रहरु फिर्ता लैजान सक्नेछन् ।

बैंकले शुरुवात गरेको शैक्षिककर्जा स्कीमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ महशुस गर्नु भएका विद्यार्थीहरुलाई अधिकतम् लाभ पुग्ने सीइओ शेरचनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment