Comments Add Comment

सार्क अर्थमन्त्रीस्तरीय बैठकका लागि महरा आज पाकिस्तान जाँदै

Krishna Mahara (2)
७ भदौ, काठमाडौं । उप-प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौं अर्थमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज मंगलवार पाकिस्तान जाँदैछन् ।

महरा राती ९ः३० मा कतार एयरवेजबाटको फ्लाइटबाट पाकस्तिान जाने भएका हुन् । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्नेछन् ।

बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक बिकासका लागि गर्न सकिने साझेदारीका बारेमा छलफल हुने बताइएको छ ।
मन्त्रीस्तरीय बैठक अघिभदौ ९ गते सार्कका अर्थ सचिवहरुको बैठक हुने कार्यक्रम रहेको छ । सचिवस्तरीय बैठकको भोलिपल्ट अर्थमन्त्रीहरुको बैठक हुने कार्यक्रम तय भएको छ ।

महरा भदौ ११ गते स्वदेश र्फकने कार्यक्रम रहेको छ । महराका साथमन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका प्रमखु बैकुण्ठ अर्याल पनि जाने भएका छन् ।

सार्कको सातौ अर्थमन्त्री स्तरीय बैठक नेपालमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment