Comments Add Comment

पूर्वमा सर्पदंशको घटना बढ्यो, पहाडी जिल्लामा पनि बिषालु सर्पको विगविगी

Hospital

७ भदौ, विराटनगर । उखरमाउलो गर्मी र वर्षा मौसमका कारण पूर्वी जिल्लाहरुमा सर्पदंशका घटना बढेका छन् । बिशेष गरी यो मौसम सर्पको चलखेल गर्ने समय भएकाले घटना बढेका हुन् ।

सरकारले तराई क्षेत्रका स्वास्थ्य संस्थालाई मात्र सुचिकृत गरी ‘एन्टि स्नेक भेनम’ प्रदान गरेपनि पछिल्लो समय आश्चर्यजनक रुपमा पहाडी जिल्लामा सर्पको टोकाइका घटना वढेको पाइएको छ ।

पुर्वी नेपालमा प्रत्येक वर्ष सर्पदंशका घटनामा क्रमिक रुपमा बृद्धि भइरहेको सरकारी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कोशी अंचल अस्पताल विराटनगरका अनुसार अस्पतालमा अहिले सर्पको टोकाइवाट घाइते उपचारका लागि आउने समेत ह्वातै बढेको छ । अस्पतालका अनुसार अहिले दैनिक १५ देखि २० जनाको संख्यामा सर्पदंशका बिरामी भर्ना हुने गरेका छन् । ‘यो संख्या अहिलेको अवस्थामा अधिक हो ।’ अस्पतालको आकस्मिक कक्षमा इन्चार्ज रघुनन्दन अधिकारीले भने ।

अधिकारीका अनुसार उपचारका लागि भर्ना भएकामध्ये १० प्रतिशत घाइते विषलु सर्पले टोकेका हुने गरेका छन् । कोशी अञ्चल अस्पतालका उपचारका लागि भर्ना भएका बिरामीको उपचारका क्रममा भने हालसम्म मृत्यु नभएको जनाएको छ ।

अस्पतालमा मोरङ जिल्ला लगातय छिमेकी जिल्लावाट समेत सर्पका टोकाइबाट घाइते भएका विरामी आउने गर्छन । अस्पताल प्रशासनले दिएको जानकारीअनुसार गएको वैशाखदेखि हालसम्म अस्पतालमा ५ सय ४३ जना सर्पको टोकाइवाट घाइते वनेका मानिस उपचारका लागि भर्ना भएका छन् ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा हाल सर्पको टोकाइबाट घाइते भएका विरामीलाई प्रदान गरिने ‘एन्टी स्नेक भेनम’ पर्याप्त मौजाद रहेको छ । अस्पतालको तथ्याङ शाखाले दिएको जानकारी अनुसार हाल अस्पतालमा अहिले २ सय ५० भायल ‘एन्टी स्नेक भेनम’ स्टक छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार आर्थिक वर्ष ०७१/०७२ मा ४ सय जना सर्पका टोकाइबाट घाइते भएका थिए । कार्यालयको तथ्याङ्क शाखाका कर्मचारी दिपक भट्टराईका अनुसार आर्थिक वर्ष ०७२/७३ मा भने यो संख्या वढेर ४ सय ७ जना पुगेको छ ।

नेपाल रेडक्रस उपशाखा दमकद्धारा झापाको दमकमा संचालित सर्पदंश उपचार केन्द्रमापनि सर्पको टोकाईवाट घाइते हुनेको संख्या ह्वातै वढेको पाइएको छ । केन्द्का इन्चार्ज देविप्रसाद भण्डारीका अनुसार वैशाखदेखि साउन महिनासम्म ६ सय ४५ जना उपचारका लागि भर्ना भएका छन् । भण्डारीका अनुसार दैनिक ६ देखि १० जनाको संख्यामा सर्पले टोकेर घाइते भएका मानिस उपचारका लागि भर्ना हुने गरेका छन् । उपचारमा भर्ना हुने गरेका मध्ये ४६ जना विषालुसर्पले टोकेर घाइते भएका थिए । आर्थिक वर्ष ०७२/०७३ मा सो केन्द्रमा १ हजार २ सय ८ जना भर्ना भएका थिए ।

पहाडी क्षेत्रमा विषालु सर्पको विगविगी

पछिल्लो समय तराईको तुलनामा पुर्वी पहाडी जिल्लाहरुमा विषालु सर्पको विगविगी देखिएको छ । प्रायः तराईका जिल्लामा मात्र सर्पको टोकाई वढी हुने भनिएपनि पुर्वी पहाडी जिल्लामा विषालु सर्पको विगविगी वढेको पाइएको हो ।

सरकारले पनि तराईका निश्चित स्वास्थ्य संस्थालाई मात्र सूचिकृत गरी सम्वन्धित जनस्वस्थ कार्यालयबाट निशुल्क रुपमा ‘एन्टी स्नेक भेनम’ प्रदान गदै आएको छ । यद्यपी सरकारी तथ्याङ्कले नै पुर्वी पहाडी जिल्लामा केही वर्ष यताबाट विषालु सर्पको विगविगी वढेको देखाएपनि पहाडी जिल्ल्ााका स्वास्थ्य संस्थालाई अहिलेसम्म पनि सरकारले ‘एन्टि स्नेक भेनम’ प्रदान गरेको छैन ।

पूर्व अञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार पुर्वाञ्चलमा आर्थिक वर्ष ०७२/०७३ मा ३ सय ८९ जना सर्पको टोकाइबाट घाइते भएका छन् । सो अवधिमा १ सय ३ जना विषालु सर्पको टोकाइबाट घाइते भएका छन । जसमा सवै भन्दा वढी ताप्लेजुङका छन् ।

निर्देशनालका तथ्याङ शाखाका डाटा इन्टि्रकलर महेश यादवका अनुसार ताप्लेजुङमा सो अवधिमा ३२ जना विषलु सर्पको टोकाइबाट घाइते भएका छन् । सोही अवधिमा अर्को पहाडी जिल्ला सोलुखुम्वुमा विषलु सर्पको टोकाईवाट २८ जना मानिस घाइते भएका छन् ।

सर्पको टोकाइबाट घाइते हुनेहरुको सङख्या उल्लेख्य रहेको बताइएपनि मृत्यु हुनेहरुको तथ्यांक भने कसैसँग छैन । जिल्ला जनस्वास्थ्य कार्यालय वा उपल्लो निकाय क्षेत्रीय स्वास्थ्य निर्देशनालले समेत मृत्युको तथ्याङ्क लुकाउने गरेका छन् ।

सरकारी कार्यालयको तथ्यांक नै मिल्दैन

सर्पको टोकाइबाट वर्षेनी मानिस घाइते भएको तथ्यांक सार्वजनिक हुने गरेपनि सरोकारवाल निकायबीचको तथ्याङकमा एकरुपता पाइदैन । स्थानीय स्वास्थ्य संस्था, सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयबीचको तथ्यांमा व्यापक फरक पाइएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरले वैशाखदेखि हालसम्म पाँच महिनामा ५ सय ४३ जना मानिस सर्पदंशका बिरामी अस्पताल भर्ना भएको जनाएको छ । यता जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांकमा भने आर्थिक वर्ष ०७२/७३ को एक वर्षमा जिल्लामा ४ सय ७ जना सर्पको टोकाइबाट घाइते भएको उल्लेख छ ।

त्यस्तै पूर्वक्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा एक वर्षमा पुर्वाञ्चलमा मात्र ३ सय ८९ जना सर्पको टोकाइबाट घाइते भएको उल्लेख छ । निर्देशनालयको यो संख्या कोशी अञ्चल अस्पतालको पाँच महिनाको तथ्याङक भन्दा २ सय २५ जना हो ।

Medical-Store

‘एन्टि स्नेक भेनम’ स्टक पर्याप्त

पुर्वी नेपालमा सर्पको टोकाइबाट विष निर्मुलीकरण गर्न प्रयोग गरिने ‘एन्टि स्नेक भेनम’ प्रयाप्त मात्रमा मौज्दात रहेको कार्यालयले जनाएको छ । पूर्व क्षेत्रमा ‘एन्टि स्नेक भेनम’ वितरण गदै आएको पूर्व क्षेत्रीय मेडिकल स्टोर विराटनगरका अनुसार अहिले कुनैपनि सूचीकृत स्वास्थ्य संस्थामा ‘एन्टि स्नेक भेनम’ अभाव छैन । ‘अहिलेको अवस्थामा हामीसँग पर्याप्त मात्रमा ‘एन्टि स्नेक भेनम’ स्टक छ । कुनैपनि सूचीकृत स्वास्थ्य संस्थामा समयमै हामीले भेनम समेत सम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत पठाइसकेका छौ ।’ कार्यालयका प्रमुख भरत शाहले भने । शाहका अनुसार केन्द्रवाट पठाएको १८ सय भेनम क्षेत्रीय मेडिकल स्टोरमा मौज्दात छ ।

सरकारले पूर्वी नेपालमा नेपाली सेनाद्धारा संचालित झापाको चारआली, सुनसरीको इटहरीस्थित पूर्वी पृतना, गाइघाटस्थित नेपाली सेनाको व्यारेक, सिराहाको चौहर्वा सहित नेपाल रेडक्रस उपशाखा दमकद्धारा दमकमा संचालित गरी १४ वटा स्वास्थ्य संस्थालाई सर्पको टोकाइवाट घाइते हुनेको उपचार केन्द्रको रुपमा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment