Comments Add Comment

दिल्लीबाट फर्किएपछि निधिले भने, सम्वन्ध अत्यन्तै राम्रो भो, प्रचण्डको भ्रमणमा पुष्टि हुन्छ

Bimalendra Nidhi (1)

७ भदौ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत छिट्टै हुने बताएका छन् । साथै उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण सुनिश्चित भएको बताए ।

प्रधानमन्त्रीका विशेष दूत बनेर भारत गएका निधि मंगलबार अपराहृन नेपाल फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निधिले आफ्नो भ्रमणलाई भारतीय पक्षले उच्च महत्व दिएर नयाँ सरकारलाई सम्मान गरेको बताए ।

नेपाल-भारत सम्वन्धमा बीचमा तिक्तता देखिएको भएपनि अब सम्वन्ध पुनः सुधार भएको उनले दाबी गरे । विशेष दूत निधिले भने, ‘नेपाल र भारतको सम्वन्ध अत्यन्तै राम्रो बनेको मैले महसुस गरेँ । हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहालजीको भारत भ्रमणमा यसको पुष्टि हुनेछ ।’

प्रधानमन्त्री प्रचण्डले भदौ ३० देखि तीनदिने भारत भ्रमण गर्ने तय भएको छ । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ ।

प्रधानमन्त्रीको दूतको हैसियतमा गएकाले भारतमा आफूलाई उच्च सम्मान दिएको र उच्चस्तरको भेटघाट तथा छलफल सम्भव भएको भन्दै निधिले बताए । उनले अघि भने, ‘दुई देशको सम्वन्ध असाध्यै राम्रो भएको छ र म यो भ्रमणबाट सन्तुष्ट छु ।

संविधान संशोधन आन्तरिक मामिला

उपप्रधान एवं गृहमन्त्री निधिले भारतमा संविधान संशोधनबारे नभई नयाँ सरकारको प्राथमिकताबारे मात्र छलफल भएको बताए । उनले अघि भने, ‘कुनै पनि छिमेकी मुलुकले नयाँ सरकारको प्राथमिकता के हो भन्ने जान्न चाहन्छ ।’

सातबुँदे र तीनबुँदेको जगमा सरकार बनेको भन्दै उनले संविधान कार्यान्वयन र त्यसका लागि निर्वाचन नै नयाँ सरकारको प्राथमिकता भएको बताएका छन् ।

भारतीय अधिकारीहरुसँग अनगोइङ प्रोजेक्टबारे कुराकानी भएको उनले जानकारी दिए ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment