Comments Add Comment

एनसेल डाटा सेवामा केन्द्रित, फोरजी सेवा सञ्चालनको तयारी


ncell-new-axiata७ भदौ, काठमाडौं । एनसेलले यो वर्ष डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ । एनसेलद्वारा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले इन्टरनेट सेवाको माग र ग्राहक संख्या बढिरहेको अहिलेको अवस्थामा डाटा सेवामा थप सुधार गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् ।

अहिले फोरजी व्यापक चर्चाको विषय बनेको छ । यही विषयमा बोल्दै पार्किन्सले नियमक निकायको अनुमति पश्चात कम्पनीले फोरजी सेवा शुरु गर्ने तयारीमा रहेको बताए । सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन अनुरुप फोरजी सेवा सञ्चालनका लागि कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिइसकेेको छ । सरकारले अनुमति दिएमा २ महिनाभित्रै सेवा सञ्चालनमा ल्याउन सकिने एनसेलले बताउँदै आएको छ ।

केही महिनाअघि एनसेलले आफ्नो सेवा ग्रामीण तथा दुर्गम स्थानमा विस्तार गर्न पुर्वाधारमा सन् २०१६ भित्र १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घी गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो ।

अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुगि सकेकोे छ । एनसेलले काठमाडौं उपत्यका र सगरमाथा क्षेत्रका आफ्ना उपभोक्तालाई थ्रीजी प्रविधिमा आधारित २१ एमबी प्रतिसेकेन्ड सम्मको डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले काठमाडौं उपत्यका बाहिरका शहरहरुमा पनि क्रमशः नेटवर्क आधुनिकीकरण गर्दै लैजाने बताएको छ ।

अहिले ५६ लाख ३८ हजार ग्राहकले एनसेलको ईन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । थ्रीजी प्रविधि अन्तर्गत नेटवर्कमा आधुनिकीकरण र फोरजीको शुरुवात पछि डाटा सेवाको माग र ग्राहक संख्यामा थप वृद्घी हुने कम्पनीको अपेक्षा छ ।

‘फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुन्छ यसले गर्दा उपभोक्ताले सजिलैसँग अनलाइन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्छन्’ पर्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउँदै भने ।

नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्षभित्रै थप ७० अर्ब रुपैयाँ पुँजीगत तथा सञ्चालन लगानी गर्ने उद्घोष पनि गरेका छ ।

कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष ३५ अर्ब लगानी गर्नेछ । हाल सम्म एनसेलले नेपालमा ७४ अर्ब रुपैयाँ लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत शेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको शेयर रहेको छ ।

गत चैत्रमा मलेशियन कम्पनी आजीयाटाले रेनोल्डस् होल्डिङ्को शतप्रतिशत स्वामित्व किनेपछि गत साउन ३२ गते एनसेलको नयाँ ब्राण्ड लोगो अनावरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment