Comments Add Comment

पाराओलम्पिक खेल्न रुसले गरेको अपील खारेज

राज्य प्रायोजित डोपिङ प्रकरणपछि प्रतिबन्धमा परेका खेलाडीको सजाय मिनाह गर्न रुसले गरेको अपील खारेज भएसँगै रुसी खेलाडीले अर्को महिनादेखि हुने पारा ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।

Rrussia_paralympics
पाराओलम्पिकको अघिल्लो संस्करणमा पदक बिजेता रुसी खेलाडीहरु

अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीलेसबै रुसी खेलाडीबिरुद्ध लगाएको प्रतिबन्ध कोर्ट अफ आर्विटेसन (कास) ले सदर गरेको हो ।

म्याकलरेनको रिपोर्टलाई आधार मानेर रुसी खेलाडीहरुलाई राज्य प्रायोजित डोपिङ प्रकरणबारे पाराओलम्पिक कमिटीले निर्णय लिएको हो । पारा ओलम्पिक प्रतियोगिता आगामी सेप्टेम्बर ७ देखि सुरु हुनेछ ।

कासले भनेको छ, ‘पाराओलम्पिक कमिटीको रुसीलाई प्रतिबन्ध लगाउने निर्णय रुसी टोलीले गरेको अपराधसँग समानुपातिक छ ।’

अन्तर्राष्ट्रिष्य पाराओलम्पिक कमिटीले पेश गरेको प्रमाणको प्रतिबाद गर्नसक्ने तथ्य रुसी पाराओलम्पिक कमिटीले पेस गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment