Comments Add Comment

नवयुग श्रेष्ठ नगदसहित सम्मानित

७ भदौ, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी नवयुग श्रेष्ठलाई नगदसहित सम्मान भएका छन् ।

Nabayug-Shresthaराप्रपा नेपालका अध्यक्ष कमल थापाका पिताको नाममा स्थापना गरिएको छत्र बहादुर थापा स्मृति ट्रष्टले श्रेष्ठलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रेष्ठलाई नगद र सम्मानपत्र प्रदान गरे । कार्यक्रममा ट्रष्टले अन्य दुई संस्थालाई पनि ५० हजार रुपैयाँसहित सम्मान गर्‍यो ।

पिताका नाममा स्थापना गरिएको ट्रष्टको उद्घाटन कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापा भने पत्नीसहित दर्शकदीर्घामा बसेका थिए ।
थापाका वर्षौं पहिले दिवंगत भएका पिता छत्रबहादुर नेपाली सेनाका अवकाश प्राप्त महासेनानी हुन् । कार्यक्रममा नेपाली सेनाका बहालवाला र अवकाशप्राप्त अधिकृतहरुको बाक्लो उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment