Comments Add Comment

विशेष दूतको चीन र भारत भ्रमण फलदायीः सरकार

Cabinet

७ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्रीका विशेष दूतका उप्रपधानमन्त्रीद्वयले गरेको दुई छिमेकी मुलुक चीन र भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सरकारसँगै छिमेकीसँगको सम्वन्ध नयाँ उचाईमा पुगेको ठहर गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, ‘दुबै विशेष दूतले भ्रमणको संक्षिप्त जानकारी गराउनुभयो । सरकारको प्राथमिकताप्रति दुबै छिमेकीले सकारात्मक चासो राखेको उहाँहरुले बताउनु भएको छ ।’

प्रधानमन्त्रीका दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद प्रतिकार्यको कार्यव्यवस्था सम्वन्धि विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment