Comments Add Comment

अक्षय बराबारको पारिश्रमिक लिन्छिन् ज्याकलिन

 

jacline fernandez
चलचित्र ‘जोली एलएलबी २’का लागि बलिउडका सफल नायक अक्षय कुमारले दैनिक १ करोड पारिश्रमिक लिएको चर्चा छ । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म अक्षयले काम गर्ने गरेका छन् ।

अक्षयले यो चलचित्रबाट करिब ५० करोड हारहारीको पारिश्रमिक पाउने देखिएको भारतीय मिडियाको दाबी छ । अब, अक्षयकै शैलीमा एक बलिउड नायिकाले पारिश्रमिक लिएकी छिन् ।

मिडियाको दाबीलाई मान्ने हो भने, नायिका ज्याकलिन फर्नान्डेजले एक रियालिटी शोमा निर्णायक हुनका लागि १ भागको १ करोड लिने गरेको चर्चा छ । ‘झलक दिखला जा’मा ज्याकिलनले हरेक भागको १ करोड लिने गरेकी छिन् । यो शो हरेक शनिबारमात्र प्रशारण हुँदै आएको छ ।

बलिउडमा चर्चा कम हुन थालेपछि कलाकाररुले टेलिभिजनका यस्ता रियालिटी शो रोज्ने गरेका छन् । तर, ज्याकलिन भने सफलतामा दौडिरहेको समयमा नै निर्णायक बन्न राजी भएकी थिइन् । राम्रो पारिश्रमिक पाएपछि उनले यो फैसला गरेको विश्लेषण गरिएको छ ।

तर, ज्याकलिनले यो कुरा अस्विकार गर्दै आफूले सामान्य भन्दा सामान्य दर्शककोमा पुग्नका लागि यो शो रोजेको बताएकी छिन् । उनले आफू चलचित्रको पर्दामा देखिए जस्तो रियल लाइफमा नभएको स्पष्ट पार्न पनि टेलिभिजन शोमा आएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment