Comments Add Comment

वायु प्रदुषणबाट बच्न कस्तो मास्क प्रभावकारी ?

dhulo_ktm (11)स्वास फेर्दा प्रदुषित हावामा रहेका धुलोका कण लगायतका प्रदुषकहरु नाक र मुखबाट फोक्सोसम्म नपुगुन् भन्नका लागि मास्क लगाउनुलाई सबैभन्दा उपयुक्त बचावटको उपाय मानिन्छ । तर एक अध्ययनले केवल मास्क लगाउँदैमा वायु प्रदुषणको जोखिमबाट नबँचिने तथ्य पत्ता लगाएको छ ।

सस्तो खालका तथा कमसल खालका कपडाका मास्क लगाउनाले उच्च वायु प्रदुषण भएको ठाउँमा हावामा रहेका प्रदुषकहरुबाट बच्न गाह्रो हुने अध्ययनको निष्कर्ष छ । यस्तो कमसल खाले कपडाकेा मास्कले निकै कममात्र प्रदुषकहरुलाई रोक्न सक्ने र मानिसलाई केवल सुरक्षाको भ्रम मात्र प्रदान गर्ने निष्कर्ष शोधकर्ताहरुको छ ।

हृावामा रहेका कणजन्य प्रदुषकबाट बच्नका लागि खासगरी एसियाली देशहरुमा धुन मिल्ने कपडाका मास्कको प्रयोग अत्यन्तै धेरै हुन्छ ।

अमेरिकाको युनिभर्सिटी अफ म्यासाच्युसेट्स एमरेस्टका वैज्ञानिकहरुका अनुसार कपडाका मास्कले प्रदुषकहरुको एक्स्पोजर केही मात्रामा घटाउँदछ तर अन्य खाले मास्क भन्दा कपडाका मास्क प्रदुषणबाट सुरक्षाका दृष्टिले सबैभन्दा कमजोर हुन्छन् ।

dhulo_ktm (8)

मानिसहरुले प्रदुषित क्षेत्रमा कपडाको मास्क लगाउँदैमा आफुलाई हावाको प्रदुषणबाट पूर्ण रुपमा सुरक्षित ठान्ने गरेको तर यथार्थमा त्यस्तो नहुने हुँदा मानिसहरु झनै जोखिममा पर्ने गरेको शोधकर्ताको भनाइ छ ।

शोधकर्ताहरुले यस क्रममा नेपालमा प्रयोगमा रहेका विभिन्न खाले ४ वटा मास्कको परीक्षण गरेका थिए । त्यस अन्तरगत एउटा सर्जिकल मास्क, दुइथरी कपडाका सामान्य मास्क र एउटा कोन आकारको स्वास फ्याँक्ने फ्लाप भएको कपडाकै मास्क ।

ती मास्कहरुले विभिन्न पाँच प्रकारका खतरनाक वायु प्रदुषक अर्थात् एरोसोलहरु कत्तिको छान्न सक्छन् भन्ने कुराको परीक्षण गरिएको थियो ।

त्यसक्रममा कपडाका मास्कमध्ये स्वास फ्याक्ने फ्लाप भएको कोन आकारको मास्कले सबैभन्दा राम्रोसँग त्यस्ता प्रदुषकहरु छानेर भित्र जान नदिने र ८० देखि ९० प्रतिशतसम्म सिन्थेटिक पार्टिकल तथा ५७ प्रतिशत सम्म डिजेलको धुवाँ छान्ने गरेको पाइयो ।

तर कपडाका सादा मास्क भने प्रदुषकहरुलाई रोक्ने वा छान्ने काममा सबैभन्दा कमजोर भएको पाइयो । खासगरी फोक्सोका लागि सबैभन्दा खतरनाक मानिने हावामा रहेका साडे २ माइक्रोमिटर भन्दा साना कणहरुलाई छान्ने सवालमा यस्ता सादा कपडाका मास्कहरु सबैभन्दा निष्प्रभावी रहेको देखिएको छ ।

dhulo_ktm (7)

यस्ता असुरक्षित तथा अप्रभावकारी मास्कहरु सस्तो मूल्यमा सजिलै पाइने र धोएर पुनः प्रयोग गर्न समेत सकिने भएकाले नेपाल लगायका विकाशोन्मुख देशहरुमा निकै लोकपि्रय रहेको शोधकर्ता रिचार्ड पेल्टिएर बताएका छन् ।

यस सम्बन्धी शोध जर्नल अफ एक्सोजर साइन्स एण्ड इन्भारोमेन्टल इपिडिमियोलोजीमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment