Comments Add Comment

महसुल नतिरेपछि जानकी मन्दिरमा विद्युत काटियो

Janakpur-Janaki-temple८ भदौ, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा नेपाल विद्युत प्राधिकरण जनपकुर वितरण केन्द्रको ३४ करोड भन्दा बढी महशुल असुल्न बाँकी रहेको छ ।

लामो समयदेखि विद्युत महशुल नबुझाउनेको लाइन काट्ने अभियान चलाएपनि जनकपुर वितरण केन्द्रलेे ३४ करोड बढी रकम उठन सकेको छैन ।

नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्र कार्यालयका अनुसार जनकपुर उपमहानगरपालिका सहित आसपासका क्षेत्रमा रहेका सरकारी कार्यालय, अस्पताल, उद्योग,कलकारखाना, कलेज तथा नसिंर्ंगहोमहरुले लामो समयदेखि विद्युत महशुल नबुझाएपछि उक्त रकम बक्यौता रहेको हो । सडक बत्तिसहितको ३४ करोड बक्यौता रकम असुल्न बाँकी रहेको जनकपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र कुमार झाले जानकारी दिए ।

कार्यालयका प्रमुख इन्जिनियर झाका अनुसार जनकपुर अञ्चल अस्पतालले विद्युत उपयोग गरेवापत प्राधिकरणलाई पछिल्लो १९ महिनाको ५६ लाख ४८ हजार २ सय ९४ रुपैयाँ तिरेको छैन् ।

जानकी मन्दिरले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३३ महिनाको ५८ लाख १ हजार ३ सय ४७, रामजानकी विवाह मण्डपले ३० महिनाको ७ लाख १५ हजार ३ सय १३, लक्ष्मण मन्दिरले २१ महिनाको ३ लाख ७२ हजार ७ सय ३, सडक डिभिजन कार्यालय जनकपुरले ३३ महिनाको २ लाख ६९ हजार ४ सय ९ रूपैयाँ तिरेका छैनन् ।

त्यस्तै,  जनकपुर उपमहानगरपालिकाले ३३ महिनाको ५ लाख ३८ हजार ८२, उपमहानगरपालिकाले नै संचालन गरेको अतिथि गृहले ४ लाख २२ हजार ४ सय ९७, जानकी आँखा अस्पतालले ३ लाख ५८ हजार, जनकपुर नसिर्ंग कलेजले ६ लाख ३९ हजार, रेडक्रस जनकपुर शाखाले ५ लाख ७ हजार ५ सय ४३, जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरलेले ३ लाख १८ हजार ६ सय ९१, महेन्द्र नारायण निधि मि.स.केन्द्र आयोजना जनकपुर-४ले ११ महिनाको २ लाख ८९ हजार ९ सय ५६ र म्याक प्लाष्टिक उद्योगले १७ महिनाको ५ लाख ७३ हजार ३ सय ४६ रुपैयाँ विद्युत महशुल लामो समयदेखि तिरेको छैन् ।

‘हामीले पटक पटक पत्राचार गरिसकेका छौं, प्रमुख इन्जिनियर झाले भने -‘ लामो समयदेखि विद्युत महशुल बुझाउन चासो नदेखाएका संघसंस्था तथा कार्यालयहरुको लाईन काटेका छौं । सात दिन भित्र बक्यौता महशुल नबुझाउने ग्राहकको लाईन काट्छौं । यसका लागि साताबयापी कार्यक्रम सञ्चालन गरकेा छौं । बक्यौता रकम तिरेपछि मात्र काटिएको लाईन जडान गछौर्ं ।’

सरकारी अस्पताल,निजी अस्पताल,रेडक्रस,नर्सिंगहोम जस्ता आक्समिक सेवा दिने संघसंस्थाको हकमा जानकारी दिएर लाईन काट्ने गरेका छौं, उनले भने- जसरी पनि बक्यौता रकम असुल्ने केन्द्रको अभियान हो । अभियानको दुई दिनमा झण्डै एक दर्जन संघसंस्थाको लाईन काटिएको छ ।

जानकी मन्दिरको लाइन अझै अनिश्चित

लामो समयदेखि विद्युत महशुल नबुझाएपछि प्राधिकरणले जानकी मन्दिरको बिजुली काटेको छ । लाईन काटिएको दुई दिन भईसक्दा पनि मन्दिरले विद्युत महशुल बुझाउन चासो नदेखाउँदा लाईन अझै अनिश्ति बनेको हो ।

जानकी मन्दिरले विद्युत प्रयोग गरेवापत प्राधिकरणलाई ३३ महिनाको ५८ लाख १ हजार ३ सय ४७ रुपैयाँ विद्युत महशुल तिरेको छैन्, प्रमुख इन्जिनियर झाले भने- गुठिको बाहाना देखाउँदै जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले अझै महशुल बुझाएको छैन् । गुठिले रकम दिए मात्र आफुले उक्त रकम बुझाउने भनेपछि तत्काल मन्दिरमा लाईन जोड्न समस्या देखिएको छ ।

५ सय ६० ग्राहकको घर अध्यारो

पछिल्लो एक वर्षमा नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले विद्युत प्रयोग गरेवापतको महशुल नबुझाउने ५ सय ६० ग्राहकको लाईन काटेको छ । उनीहरुबाट महशुल असुलेपछि मात्र लाईन जडान गरिएको कार्यालयले जनाएको छ ।

ग्राहकहरुले विद्युत प्रयोग गरेवापतको रकम नबुझाउँदा यसअघि २ करोड ५० लाख भन्दा बढि बक्यौता थियो । ५ सय ६० ग्राहकबाट १ करोड ५० लाख बक्यौता उठेको थियो ।

अञ्चल अस्पताले २५ लाख बुझाएपछि  जोडियो

जनकपुर अञ्चल अस्पतालले विद्युत प्राधिकरणलाई २५ लाख महशुल बझाएपछि लाईन जोडिएको छ । अस्पतालले विद्युत उपयोग गरेवापत प्राधिकरणलाई पछिल्लो १९ महिनाको ५६ लाख ४८ हजार २ सय ९४ रुपैयाँ नतिरेपछि प्राधिकरणले सोमबार लाईन काटेको थियो ।

अस्पताललाई पटक पटक विद्युत महशुल बुझाउन पत्राचार गर्दा पनि रकम नतिरेपछि बाध्य भएर लाईन काटेका थियौं, प्रमुख इन्जिनियर झाले भने- अस्पतालले तत्काल २५ लाख बुझाएको छ । बाँकी बक्यौता रकम पनि छिट्टै बुझाउने सहमति पछि मात्र लाईन जोडेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment