Comments Add Comment

मध्यपूर्वमा रहेका युवाहरुको सक्रियतामा झापाका बाढीपीडितलाई सहयोग

badi-pidit

युएई । गत साउन ११ देखि लगातार हप्ता दिनसम्म परेको अविरल वर्षाका कारण आफ्नो क्षेत्रका गाउँहरु जलमग्न भएको बेला युएईमा बस्ने झापाका निश्चल दाहालको मन पनि गाउँको मायाले पानीपानी भयो ।

युएईमा व्यावसाय गरिरहेका दाहालले समस्यामा परेका गाउँलेहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर उपाय फुराउन थाले । आफ्ना क्षेत्रबाट बिदेशिएकाहरुलाई सम्पर्क गरे । सम्पर्कको उत्तम माध्यम बन्यो फेसबुक । सबै व्यहोरा खुलाउँदै दाहालले आफ्नो फेसबुकमा सहयोगको अपील गर्दैै स्ट्याटस लेखे ।

अविरल वर्षाको कारण नेपालका विभिन्न क्षेत्रमा मानवीय साथै भौतिक क्षति भएकोमा चिन्ता प्रकट गर्दै सहयोगको लागि दाहालले उक्त क्षेत्रमा युवाहरुलाई एकत्रित बन्न सार्वजनिक रुपमा अपील गरे । आफ्नो क्षेत्रबाट रोजगारीमा गएकाहरुलाई एकताको सुत्रमा बाँधिन आहृवान गर्दै प्रभावित क्षेत्रका तस्वीरसहित फेसबुकमा स्ट्याटस राखेपछि सहयोग अभियानमा साथ दिनेहरुको ओइरो लाग्यो ।

नेपालकै होचो स्थान रहेको झापा जिल्लाको सयौं घर परिबार बिचल्ली हुने गरी आएको बाढीले झापाको दक्षिणी भेगका भैंसाबारी, पाठामारी, बनियानी, केचना लगायतका गाबिस अत्यन्त प्रभावित भएका थिए । राज्यको पहुँचबाट टाढा रहेको र विकास निर्माणको क्षेत्रमा धेरै पछि रहेका ती गाविसहरुमा राहत उपलब्ध गराइ सहज जनजीवनको निरन्तरताको लागि सोही क्षेत्रमा बसोबास गर्ने तर हाल बिदेसिएका युवाहरुले राहत संकलन कार्यको थालनी गरेका थिए ।

एनआरएन युएईका युवा संयोजक साथै झापाली समाज युएइका आजीवन सदस्य समेत रहेको निश्चल दाहालले विदेशमा राहत संकलन गर्ने जमर्को गरे । आफ्ना क्षेत्र साथीहरुलाई एकताबद्ध राख्न उनले सुरु गरेको दक्षिण झापा नामक फेसबुक मेसेन्जर ग्रुपमा सहयोग अपील गरी राहत संकलन कार्य सुरु गरेका थिए । झापा बनियानी निवासी दाहालले युएई मात्र नभएर कतार साउदी र मलेसियामा रहेका आफ्ना क्षेत्रका साथीभाइहरुसँग समन्वय गरे ।

Badi-Pidit-Jhapa

मुलतः कतारमा बसोबास गर्ने पथरिया गाविस निवासी अशेष गौतमको संयोजनमा आर्थिक सहयोग संकलन सुरु गरियो । यसरी सङ्गठित भएर करिब हप्ता दिनको प्रयासमा अशेष गौतमको संयोजनमा कतारबाट ४ हजार ५ सय रियाल संकलन भयो । त्यस अभियानमा लीला नेपाल, विकास राई, प्रकाश तामाङ, खुसनारायण अधिकारीले उल्लेख्य सक्रियता देखाएका थिए ।

त्यस्तै युएईमा पनि निश्चल दाहालकै संयोजनमा जीवन दास, चन्ऽ घतानी, दिलु राई लगायतका युवाहरुको सहयोगमा तीन हजार २ सय दिराम संकलन गरियो । उक्त क्षेत्रमा सहयोगी, उत्साही र मनकारी दाताहरुको सहकार्यले गर्दा करिब २ लाख ३४ हजार रुपैयाँ राहतका लागि सम्बन्धित निकायमा पठाएको जानकारी अभियन्ता दाहालले बताएका छन् ।

झापा जिल्लाका बाढी प्रभावित सम्बन्धित गाउँहरुमा राहत वितरणको लागि, प्रशासन, पत्रकार, बुद्धिजिवी र युवाहरु सम्मिलित एक समिति पनि बनाइएको र नारायण नेपाल, सुगम पोख्रेल तिर्थ दाहल पवन लामिछानेको संयोजनमा बनियानी गाबिस स्थित सामुदायिक भवनमा करिब ४०० पीडित परिवारलाइ बोलाइ राहत स्वरुप झुल, बाल्टी, मग आदि वितरण गरिएको छ ।

राहत संकलनको संयोजन गरेका दाहालले एनआरएन युएइएकोे तर्फबाट अन्य प्रभावित जिल्लाको लागि पनि राहत संकलन गरेर एनआरएन एएनसीसी युएईलाई रकम हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment