Comments Add Comment

नेफ्टा चलचित्र अवार्डको नवौं संस्करण दुवईमा हुने

NEFTA-Award

युएई, अगस्ट २२ । नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) को नवौँ सँस्करणको नेफ्टा फिल्म अवार्ड आगामी डिसेम्बर २३ (पुष ८) का दिन दुबईमा हुने भएको छ ।

नेफ्टाका अध्यक्ष पुस्कर लामाले २१ अगस्टमा दुबईमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा नेफ्टाले बिदेशमा रहेका नेपालीहरुको चाहना अनुसार यसपटकको नेफ्टा अवार्ड दुबईमा गर्न लागिएको जनाइयो ।

नेफ्टा अवार्ड पहिलो पटक बिदेशमा आयोजना गर्न लागिएको भने होइन । यसअघि नेफ्टा अवार्डको छैटौं, सातौं र आठौं संस्करण क्रमसः हङहङ, मलेसिया र कतारमा सम्पन्न भइसकेको छ ।

नेफ्टा फिल्म अवार्डलाई व्यवस्थित तथा भब्य बनाउन युएईका लागि स्पेक्ट्रम एडभरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्ट र कन्सेप्ट भिजन फिल्म प्रोडक्सन तथा बितरक कम्पनीसँग सहकार्य हुने बताइएको छ ।

अवार्डले फिल्मकर्मीहरुलाई अझ उर्जा थप्ने र थप प्रोत्साहन मिल्ने हुनाले यसले बिदेशमा पनि नेपाली कला र संस्कृतिलाई चिनाउनमा ठूलो भूमिका खेल्ने स्पेक्ट्रम एड्भरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्टका राजकुमार भट्टराईले बताए ।

कार्यक्रमको लागि नेपालबाट १ सय ५० भन्दा बढी नेपाली फिल्मकर्मीहरु दुबई आउने छन भने ३ हजार भन्दा बढी दर्शकको उपस्थिति रहने अनुमान आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment