Comments Add Comment

एक घण्टा जहाज उडाउन दिनभर मिहिनेत

Pilot-Inspection
उडानअघि बिमानको प्राविधिक जाँच गरिँदै

यात्रा जुनसुकै होस्, तयारी आवश्यक पर्छ । अझ जहाजको उडान त संवेदनशील हुने भएकाले विशेष तयारी चाहिन्छ । यात्रुका लागि जहाजको यात्रा जति सहज छ, उडान तय गर्नुअघिको तयारी त्यत्तिकै संवेदनशील हुन्छ । यसका लागि समय लाग्नुका साथै विमान कम्पनीका हरेक विभागबीचको समन्वय पनि उत्तिकै आवश्यक हुन्छ ।

टिकट, लगेज र परिचयपत्र । हवाई यात्रामा निस्कनै लाग्दा तपाईं पक्कै भुल्नु हुन्न । न त बिर्सनु हुन्छ विमानस्थल समय । तर, एउटा जहाजले यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनु अघि कति मिहिनेत र तयारी गर्नुपर्छ भनेर तपाईंलाई थाहा छ ?

यसका लागि कति समय लाग्ला ? २ घण्टा, ४ घण्टा वा ६ घण्टा ? होइन, पूरै दिनभरि लाग्छ ।

हरेक उडान अघि र पछि विमान कम्पनीका विभिन्न एकाईका प्राविधिकहरुले जहाजलाई मिहीन ढंगले निरीक्षण गर्छ । निरीक्षणले प्रत्येक उडानलाई सुरक्षित र आरामदायी हुने प्रत्याभूति दिन्छन् । टेक्निकल/इञ्जिनियरिङ विभागको मुख्य कार्य भनेकै जहाज उडान योग्य छ कि छैन प्रमाणित गर्नु हो ।

MD-Sir-Photo
प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत

दक्षिण एसियाकै उत्कृष्ट विमान मर्मत सम्भारका लागि त्रिभुवन विमानस्थल हाताभित्र अत्याधुनिक ह्याङ्गर पनि छ । ह्याङ्गर निर्माणमा झन्डै २० करोडको लगानी रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । उनका अनुसार, बुद्ध एयरसँग जहाज उडानयोग्य बनाइराख्न अन्तर्राष्ट्रिय स्तरका साधन, स्रोत तथा जनशक्ति छन् । बुद्ध एयरको ह्याङ्गरमा एउटा एटिआर-७२ वा एटिआर-४२ र एउटा बिच-१९००-डी जहाज सजिलै अटाउँछन् । यसमा पर्याप्त प्रकाश र आगलागीको चेतावनी दिने प्रणाली जडान गरिएको छ ।

‘कुनै पनि उडानभन्दा अघि जहाजको मर्मत सम्भारसम्बन्धी विवरण (मेन्टेनेन्स स्टेटमेन्ट) ध्यानपूर्वक हेरिन्छ । आवश्यक कुनै कुरा छुटेको छ/छैन हेरेर मात्रै प्रमाणित गरिन्छ,’ प्राविधिक सहायता विभागका वरिष्ठ इञ्जिनियर सन्तोषकुमार खाती भन्छन्, ‘अघिल्लो उडानमा कुनै त्रुटिबारे जानकारी गराइएको भए सुधार कार्य अघि बढाइहाल्नुपर्छ ।’

त्यसपछि उडान पूर्वको जाँचसूचीका आधारमा जहाजको निरीक्षण गरिन्छ ।

एयरफ्रेमको अवस्था चेकजाँचका लागि वरिपरि घुमेर निरीक्षण गर्नुपर्छ । यसैगरी पङ्खा, विमानको मुख्य भाग, प्रोपेलर ब्लेड, इन्धन, हाइड्रोलिक ब्रेक र टायर, अवतरण गियर एक्सटेन्सन, आकस्मिक तथा सुरक्षात्मक उपकरण ठीक अवस्थामा छन् कि छैन भनेर निरीक्षण गरिन्छ । अनि, उडानको नेतृत्व गर्ने चालकले सावधानीपूर्वक संशोधित नियम पढ्छन्, प्राविधिक दस्तावेजको समीक्षा गर्छन्, हवाई मार्गको मौसमसम्बन्धी जानकारी लिन्छन् । यी सबै प्रक्रिया पूरा भएपछि मात्र जहाज उडानका लागि तयार हुन्छ ।

नागरिक उड्डयन प्राधिकरणका नियमानुसार बुद्ध एयरको प्राविधिक विभागले तपाईंको जहाज यात्रालाई उडानयोग्य बनाउाछ । जहाजले उडान भर्नुअघिका सबै तयारी यो विभाग अन्तर्गतका शाखा र उपशाखाले गर्छन् ।

जहाज जहाँ समस्या आयो त्यहीँ आफैंले मर्मत गर्न मिल्ने सवारी होइन । यसका लागि मापदण्ड पछ्याउनुपर्छ । जहाज निर्माताको निर्देशनलाई मान्नुपर्छ र त्यसै अनुरुप उपयुक्त मर्मत-सम्भार कार्यक्रम बनाउनुपर्छ । जसलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृतिमा बनाइन्छ र अनुभवी तथा प्रमाणित कर्मचारीद्वारा नियमित निरीक्षण गरिन्छ ।

तालिका अनुसारको मर्मत-सम्भारले भविष्यमा हुनसक्ने खतरालाई टार्न मद्दत गर्छ । कम्पनीको मर्मत-सम्भार विभागका चार शाखामा एक सय ३२ जना कर्मचारी कार्यरत छन् । पार्टपुर्जा, मर्मतका लागि आवश्यक औजार उपकरण लगायतको हेरचाह गर्न कम्पनीले ह्याङ्गरसँगै प्राविधिक आपूर्ति तथा भण्डारण शाखा बनाएको छ । भण्डारण व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वातानुकुलित बनाइएको छ । यसले सूची व्यवस्थापन, बन्डेड भण्डार, उपकरण भण्डारको रेखदेख र विमानका पार्टपुर्जा पठाउने एवं प्राप्त गर्ने काम गर्छ ।

विमानहरुको मुख्य मर्मत-सम्भारको जिम्मेवारी ह्याङ्गरमा रहेको बेस मेन्टेनेन्स शाखाको हो । यसले तालिका बनाएर नियमितरुपमा मर्मतको काम गर्छ । विमान समयमै उड्ने निश्चित गर्ने काम भने लाइन मेन्टेनेन्स शाखाले गर्छ । यसमा पर्याप्त प्रमाणित कर्मचारी छन् । उनीहरु उडान हुने बेला आकस्मिक रुपमा देखिएको कुनै पनि त्रुटिलाई समाधान गर्ने गर्छन् । यो कार्यालयका कर्मचारीले दैनिक, उडानअघि र साप्ताहिक निरीक्षण गर्छन् । नियमित निरीक्षण बाहेक पार्टपुर्जा परिवर्तनको काम समेत यही कार्यालर्यले गर्छ ।

विमान मर्मत सम्भार तथा उडानका लागि हवाई मैदानमा आवश्यक उपकरणको रेखदेख गर्ने काम भने ग्राउण्ड सपोर्ट शाखाले गर्छ । अन्य कार्यलाई नियमित गर्नलाई उडान योग्यता विभाग अन्तर्गत प्राविधिक सहायता शाखा र प्राविधिक आपूर्ति तथा भण्डारण शाखा छन् । प्राविधिक सहायता शाखामा प्राविधिक अभिलेख, इन्जिनियरिङ योजना, इन्जिनियरिङ सेवा, प्राविधिक पुस्तकालय र गुणस्तर प्रत्याभूति गरी चारवटा विभाग छन् ।

प्राविधिक अभिलेख शाखाले अभिलेखहरु अद्यावधिक गर्छ । अभिलेखमा विमान उडेको समयचक्र, मुख्य पार्टपुर्जा (इञ्जिन, प्रोपेलर, ल्यान्डिङ गियर) को अवस्था, तिनको इतिहास, विद्युतीय लगबुक, उडान योग्यतासम्बन्धी निर्देशनहरु, नियमित निरीक्षणको अवस्था लगायत कार्य छन् । कम्प्युटरकृत र छुट्टै सर्भरको व्यवस्था गरिएकाले यसबाट तथ्याङ्क चोरिने र हराउने प्रश्नै भएन ।

नियमित निरीक्षण भए/नभएको अनुगमन गर्न इञ्जिनियरिङ योजना विभाग छ । यसले समयमै काम सक्ने व्यवस्था मिलाउन पार्टपुर्जा परिवर्तनको सूची तथा निरीक्षण र पार्टपुर्जा परिवर्तनको कार्यादेश जारी समेत गर्छ ।

इञ्जिनियरिङ सेवा शाखाले उपयुक्त मर्मत-सम्भार कार्यक्रमको तयारी, सेवासम्बन्धी बुलेटिन तथा उडान योग्यतासम्बन्धी निर्देशनको मूल्यांकन गर्छ । प्राविधिक विषयमा ओइएमसाग सम्पर्क गर्छ । नियमित रुपमा विश्वसनीयता प्रतिवेदन तयार पार्नु यो शाखाको काम हो । उनीहरु प्य्राट् एन्ड हि्वट्नी क्यानडाद्वारा जारी निदृष्ट विश्लेषण केन्द्र (डीएसी) ले प्रदान गरेको इञ्जिनको परिस्थितिक प्रवृत्ति निगरानी (ईसीटीएम) प्रणालीमार्फत अनुगमन र विश्लेषण गर्छन् ।

प्राविधिक पुस्तकालय शाखाले मुख्य प्रकाशनहरु र ओइएमहरुले जारी गरेका मुख्य पार्टपुर्जाको अभिलेख राख्छ । प्राविधिक पुस्तकालयले पछिल्ला प्रकाशनको प्रभाव रहेको सुनिश्चित गर्नुका साथै सर्भरलाई अद्यावधिक राख्छ । उडान योग्यताका लागि नियमित रुपमा प्राविधिक दस्तावेज संशोधन हुन्छन् र सूचना सम्बन्धित सबैलाई वितरण गरिन्छ ।

गुणस्तर प्रत्याभूति विभागले नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमाणित गरेको गुणस्तरलाई कायम राख्ने काम गर्छ । उडान योग्यता विभागलाई यसले अनुमगत गरेर नियमित गर्छ । यसले वार्षिक परीक्षण कार्यक्रमलाई स्वीकृत गरी मर्मत-सम्भारमा नियामक र बुद्ध एयरको मापदण्डलाई पूरा गर्ने सुनिश्चितता गर्छ ।

नियमित परीक्षण बाहेक यसले क्रमरहित निरीक्षण, स्थान परीक्षण र विमान निगरानी निरीक्षण कार्यक्रमलाई प्रभावकारी बनाउाछ । यो विभाग मर्मत-सम्भार प्रमाणित इञ्जिनियर र अन्य व्यक्तिको दक्षता मूल्यांकनमा सहभागी हुनुका साथै तिनीहरुलाई विमान मर्मत-सम्भार कार्यको अधिकार दिन्छ । प्राविधिक विभाग अन्तर्गतका अन्य शाखामा मानव संसाधन र प्राविधिक प्रशिक्षण, सामान्य सेवा शाखा, वित्तीय इकाई र आकस्मिक सवारी नियन्त्रण प्रणाली रहेका छन् ।

जहाजलाई उडानयोग्य बनाउन विभिन्न शाखा, उपशाखाबाट दिनदिनै गुज्रिनुपर्छ, जसका लागि झन्डै १२ घण्टाको समय खर्चिनुपर्छ । बुद्ध एयर सुरक्षित तथा आरामदायी उडानका लागि यस्ता नियमित प्रक्रिया अपनाउन प्रतिबद्ध छ ।

buddha-air-mentinance-detai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment