Comments Add Comment

स्नातक पहिलो बर्षको परीक्षा केन्द्र प्रकाशित

 

८ भदौ, काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ १२ गतेबाट सञ्चालन हुने ३ र ४ बर्षे स्नातक तह पहिलो बर्षको परीक्षाको केन्द्र बुधबार सार्वजनिक गरेको छ ।

Tribhuwan-Universityपरीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सुचना प्रकाशित गरी परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भदौ १२ गते विहान ७ बजेदेखि १० बजेसम्म व्यवस्थापन र विज्ञान संकायको परीक्षा सञ्चालन हुनेछ ।

यस्तै मानविकी संकाय र शिक्षा संकायको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment