Comments Add Comment

छविको हेरचाह यसरी गर्दैछिन् शिल्पा

chabi and shilpa
गतबर्ष चलचित्र ‘लज्जा’ रिलिज हुने समयमा निर्माता छविराज ओझाले नायिका शिल्पा पोख्रेलसँग आफू बिहे गर्न तयार रहेको बताएका थिए । तर शिल्पाले भने छवि आफ्नो बाबु जस्तो भएको भन्दै बिहेको कुरा नहुने बताएकी थिइन् । त्यतीबेला छवि र शिल्पाको बिहे चर्चा चलचित्र चलाउने प्रोपोगन्डा थियो भन्ने पुष्टी भयो ।

तर, यसपटक भने शिल्पाको बोली पुरै फेरिएको छ । शिल्पा छविले प्रस्ताव गरेको खण्डमा आफू बिहे गर्न तयार रहेको बताउन थालेकी छिन् । बजारमा आफू र छविविच आउने प्रेमको चर्चालाई समेत शिल्पा सामान्य ठान्न थालेकी छिन् ।

आखिर, शिल्पाको सोच १८० डिग्रीमा कसरी मोडियो त ? श्रोतका अनुसार छविले शिल्पासँग बिहे गर्नकै लागि नायिका रेखा थापासँग डिभोर्समा हतार गरेका थिए । कागजी रुपमै अलग हुनका लागि छविले रेखालाई आग्रह गरेका थिए, जुन कुरा रेखाले केही महिना अगाडि मात्र सहज बनाइदिएकी थिइन् ।

रेखासँग डिभोर्स नगरि शिल्पाले बिहे गर्न नमानेकै कारण छविले रेखासँग अलग हुन हतार गरेको चर्चा चलचित्र वृत्तमा चल्न थालेको छ । घटनाक्रमले यस्तै कुराको संकेत पनि गर्छ । छविले रेखालाई डिभोर्स दिने वित्तिकै आफू बिहे गर्न तयार भएको भन्दै शिल्पाले दिएको बयान ‘जंगलमा बाघ कराउनु खोरबाट बाख्रा हराउनु’ भने जस्तै पक्कै होइन होला ।

शिल्पा अहिले छविको हेरचाहा पनि गर्न थालेकी छिन् । आफ्नै अफिस नमस्ते नेपालमा बाइकबाट चिप्लिएपछि छवि हातमा ब्यान्डेज लगाएर हिडेका छन् । छवि अहिले वाइक चलाउन सक्दैनन् । यसैले, छविलाई उनको घरबाट अफिस ल्याउने र लैजाने काम यतिबेला शिल्पाले गरिरहेको वुझिएको छ । छवि पहिले यस्तो काम आफ्ना नजिकका चलचित्रकर्मीलाई अराउथ्य । तर, अहिले शिल्पाले नै छविको हेरचाह गर्दै आएकी छिन् । यसैले, अब शिल्पा र छविले बिहे गरे भने अचम्म नमान्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment