Comments Add Comment

जनकपुरमा पनि स्क्रब टाइफस संक्रमित भेटिए

 

८ भदौ, जनकपुर । केहि समययता तराईका जिल्लाहरुमा फैलदै गएको प्राणघातक रोग स्क्रब टाइफसको संक्रमित जनकपुरमा पनि पहिलो पटक देखिएको छ ।

scrub-typhusवरिष्ठ बालरोग विशेषज्ञ डा. दिपक कुमार गुप्ताले उपचारको क्रममा दुई जना बच्चामा सो संक्रमण रहेको पुष्टि गरेका छन् । जनकपुरको केयर मेडिकल सेन्टर मिल्स एरियामा चेकजाँचको क्रममा डा. गुप्ताले दुवै बच्चामा स्क्रब टाइफसको संक्रमण रहेको फेला पारेका थिए ।

३ बर्षीय सुरज महतो र सात बर्षीया अञ्जली परियारमा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । दुवै जनाको सफल उपचार पछि गएको शुक्रबार डिस्चार्ज गरिएको डा. गुप्ताले जनाए ।

यो रोगका लक्ष्णहरु १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, सास फेर्न समस्या हुनु, जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने लगायतको रहेकोछ ।

वषर्ायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग नरहेको डा. गुप्ताले बताए ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग सर्छ । यस्तो किर्ना मुसाको शरीर र घाँसपातमा हुन्छ । तर संक्रमित मानिसबाट अर्को मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।
जनकपुरमा पनि स्क्रब टाइफस संक्रमित भेटिए

राजकमल सिंह

८ भदौ, जनकपुर । केहि समययता तराईका जिल्लाहरुमा फैलदै गएको प्राणघातक रोग स्क्रब टाइफसको संक्रमित जनकपुरमा पनि पहिलो पटक देखिएको छ ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. दिपक कुमार गुप्ताले उपचारको क्रममा दुई जना बच्चामा सो संक्रमण रहेको पुष्टि गरेका छन् । जनकपुरको केयर मेडिकल सेन्टर मिल्स एरियामा चेकजाँचको क्रममा डा. गुप्ताले दुवै बच्चामा स्क्रब टाइफसको संक्रमण रहेको फेला पारेका थिए ।

३ बर्षीय सुरज महतो र सात बर्षीया अञ्जली परियारमा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । दुवै जनाको सफल उपचार पछि गएको शुक्रबार डिस्चार्ज गरिएको डा. गुप्ताले जनाए ।

यो रोगका लक्ष्णहरु १०२-१०५ डिग्री फरेन हाइटसम्म ज्वरो आउनु, अत्याधिक टाउको दुख्नु, सास फेर्न समस्या हुनु, जीउ, जोर्नी र मांसपेशीमा पीडा हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने लगायतको रहेकोछ ।

वषर्ायाममा पनि सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो किराले टोक्ने खतरा रहन्छ । स्क्रब टाइफस जनावरबाट सर्ने तर मानिसबाट मानिसमा सर्ने रोग नरहेको डा. गुप्ताले बताए ।

एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग सर्छ । यस्तो किर्ना मुसाको शरीर र घाँसपातमा हुन्छ । तर संक्रमित मानिसबाट अर्को मानिसमा भने नसर्ने चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment