Comments Add Comment

गजल :  दुश्मनको गर्धनसम्म पुग्यो

Sangeeta-Thapaसङ्गीता थापा

एकजोर खाली पाउ आँगनसम्म पुग्यो !

काँचो माटोको बास्ना मनसम्म पुग्यो !

 

म छोरोलाई यही कुरा बुझाउन चाहन्छु,

फलाम आकार पाउन घनसम्म पुग्यो !

 

हत्कडी पहिरिएको हात मौन देखिन्छ,

नजर भने दुश्मनको गर्धनसम्म पुग्यो !

 

दुनियाँ जोख्न जोखिन चाहन्छ यहाँ,

बोली-बोलीमा कुरा वजनसम्म पुग्यो !

 

अतीतको बाटो हुँदै एउटा बूढो मान्छे,

दगुर्दै-दगुर्दै फेरि बचपनसम्म पुग्यो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment