Comments Add Comment

शंखमुलस्थित सोफा कारखानामा आगलागी, २० लाख क्षति

८ भदौ, काठमाडौं । काठमाडौंको शंखमुलस्थित सोफा कारखानामा बुधबार बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगोमा जलेर एक जना घाइते भएका छन् ।

Fireआगोमा जलेर सोफा कारखानाका मालिक मोहमद सवाज आलम घाइते भएका हुन् । आगो निभाउने क्रममा उनको पाखुरा, अनुहार र शरीरका अन्य भाग जलेको छ ।

आगो निभाउन पाँच वटा दमकल र एउटा पानी ट्यांकर प्रयोग गरिएको थियो ।

सोफा कारखानाको छेउँमा रहेको गि्रल उद्योगबाट उठेको झिल्काले आगो सल्किएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment