Comments Add Comment

यसपालीको तीज ‘आइ ब्रो’ मा केन्द्रित !

Eyebrows

८ भदौ, काठमाडौं । तीज नजिकिदै जादाँ महिलाहरुमा फेशनप्रतिको मोह पनि बढ्दै गएको छ । फेशनमा पहिरनमात्र नभएर शृङगारपनि समावेश हुन्छ । यदि तपाईंको पहिरन ठीक छ तर मेकअप ठीक छैन भने त्यसले तपाईंको फेशनलाई अपुरो राख्दछ । त्यसैले यस पटकको तीजमा यदि तपाईं समयसापेक्ष फेशन गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आˆनो ‘आइ ब्रो’ अर्थात आँखि भौंमा ध्यान दिनुहोस् । किनकी अहिले बजारमा आइ ब्रोको मेकअप गर्ने चलन सुरु भएको छ ।

आइ ब्रो अनुहारको महत्वपूर्ण भाग हो । आइ ब्रोलाई बेलाबेलामा मिलाएको खण्डमा यसले तपाईको अनुहारको सान्दर्यतालाई अझ बढाउने गर्छ । त्यस्तै, आइ ब्रोले तपाईको अनुहारलाई निश्चित आकार प्रदान गरी अनुसारलाई आर्कषक बनाउँछ ।

पहिले पहिले बजारमा पालतो आइ ब्रो बनाउने चलन थियो । तर केही समय यता टिनेजर्स देखि उमेर गुज्रदै गएका महिलाहरुले समेत अहिले मोटो आई ब्रो बनाउन थालेका छन् ।

अझ आइ ब्रोलाईर् मोटो तथा बाक्लो देखाउन बजारमा आई ब्रो जेल ९न्भ ०िवा पाउडर बेस्ड जेल नै पनि किन्न पाइन्छ । त्यस्तै, खैरो तथा कालो रंगको पेन्सिल कलर समेत किन्न पाइन्छ । त्यस्ता जेल बजारमा विभिन्न सेेडमा उपलब्ध छन् । त्यस्ता जेलले सेड बनाउँदा आइ ब्रो को कलर चाँडै उड्दैन र लामो समयसम्म आइ ब्रो लाई टिकाइराख्छ ।

यो मेकअप जो कोहीले घरैमा बसेर गर्न सक्छ । त्यसको लागि पहिले आइ ब्रो लाई कोरेर त्यसमा ‘आइ ब्रो जेल’ वा पेन्सिल कलर लगाउदा उचित हुन्छ । त्यसमाथि पानीले समेत असर नगर्ने वाटरप्रुफ मस्काराको हल्का प्रयोगले आइ ब्रो नेचुरल देखिनुका साथै आकर्षक तथा बाक्लो देखिन्छ ।

त्यसरी आइ ब्रोको मेकअप गर्दा अनुहारमा एउटा लिपिस्टिक लगाएमात्र पनि त्यसले अनुहारलाई उज्यालो तथा चम्किलो बनाउँछ ।

(कुुराकानीमा आधारित । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment