Comments Add Comment

भरतपुर अस्पतालमा एकैपटक ६ स्थानबाट अप्रेशन सेवा शुरू

Operation-Ward

८ भदौ, भरतपुर । चितवनको सबैभन्दा ठूलो भरतपुर अस्पतालले अत्याधुनिक सेवासहित छुट्टाछुट्टै छ कक्षबाट अप्रेशन सेवा शुरु गरेको छ । यस अघि अस्पतालले एकै कोठामा चार वटा टेबल राखेर विरामीको अप्रेशन गर्दै आएको थियो ।

हालै निर्माण सम्पन्न भएको ‘ए’ ब्लक भवनको दोस्रो तल्लाबाट अत्याधुनिक अप्रेशन सेवा थालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूद्रप्रसाद मरासिनीले जानकारी दिए ।

उनका अनुसार उक्त कक्षमा दुईवटा आकस्मिक अपे्रशन कक्ष छुट्टाइएको छ । त्यस बाहेक अन्य ४ वटा अप्रेशन कक्षमा हप्ताको ३ दिन सबै विभागका लागि अप्रेशन गर्ने व्यवस्था मिलाइएको छ । यसअघि हप्तामा २ दिन मात्रै विभागहरुलाई अप्रेशनको पालो दिइएको थियो ।

नयाँ ‘ए ब्लक’ भवनमा निर्माण गरिएको आकस्मिक कक्षभित्र नै १८ बेड क्षमताका पोस्ट अप कक्षको व्यवस्था गरिएको छ । यसअघि १० बेडको मात्रै पोष्ट अप थियो ।
यस्तै, पहिलोपटक ६ बेडको रिकभरी कक्षको व्यवस्था पनि गरिएको छ । अप्रेशन गर्ने वित्तिकै बिरामीहरूलाई रिकभरी कक्षमा राखेपछि पोष्टअपमा लगिने अप्रेशन इन्चार्ज मिरा अधिकारीले बताइन् ।

अस्पतालमा अप्रेशन गर्नु अघि बिरामीहरूलाई राख्ने कक्ष यसअघि व्यवस्थित नभएकोमा नयाँ अप्रेशन कक्षभित्र नै १२ वेडको अप्रेशन तयारी कक्ष राखिएको छ ।
अलग-अलग स्थानबाट अप्रेशन हुने भएपछि बिरामीहरूको पालो पनि छिटो-छिटो आउने र सेवाको गुणस्तर पनि बढ्ने स्त्री तथा प्रसुती रोग विभागका विभागीय प्रमुख डा. सुनिलमणि पोख्रेलले बताए ।

‘भरतपुर अस्पतालमा सबैभन्दा धेरै चाप प्रस्तुती विभागमा छ,’ डा. पोख्रेलले भने, ‘अलग्गै अप्रेशन कक्षको व्यवस्था भएपछि चाप घटाउन सहयोग हुनेछ ।’
उनले अस्पतालमा नयाँ अप्रेशन कक्ष थपिएसँगै दैनिक ३५ जनासम्मको अप्रेशन गर्न सकिने बताए । यस अघिसम्म अस्पतालले दैनिक २० देखि २५ जनासम्मको अप्रेशन गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment