Comments Add Comment

नयाँ शक्ति नेपालले दलको वैधानिकता पायो, चुनाव चिहृन पछि तोकिने

baburam

८ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीलाई निर्वाचन आयोगले विधिवत दर्ता गरी दलको मान्यता दिएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले गत असार २६ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले भट्टराईको निवेदन सदर गर्दै मंगलबार दल दर्ता भएको प्रमाणपत्र उपलब्ध गराएको हो ।

नयाँ शक्ति पार्टीको दल दर्ता नम्बर रा. ५६ छ । यसअघि नयाँ शक्ति अभियानको रुपमा मात्र रहेकोमा अब आधिकारिक दल बनेको हो ।

निर्वाचन आयोगले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरीदिने तथा सो दलको कार्यकारी समिति, विधान र झण्डालाई प्रमाणित गरीदिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

आयोगको पत्र अनुसार नयाँ शक्तिको चुनावचिन्ह भने अझै स्वीकृत भएको छैन । आयोगले चुनाव चिहृन सम्वन्धि निर्णय पछि गर्ने जानकारी गराएको छ ।

नयाँ शक्ति नेपालको झण्डा वाइसिएलको झण्डा जस्तै भएको भन्दै आयोगमा उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment